|

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले तीन सयजनाको भिड जम्मा गरेर राहत बाँडेपछि पुन: बिरोध भएको छ। लकडाउनको समयमा घर बाहिर ननिस्कन सरकारले आदेश दिए पनि चौधरी आइतबार ठुलो भिड लिएर राहत बाँड्न निस्किएका थिए ।

ठुलो संख्या लिएर राहत बाँड्न गएका चौधरीको स्थानीयले बिरोधसमेत गरेका थिए । मेला लगाएर राहत बाँडेको भन्दै स्थानीयबासी विरोधमै उत्रिएका हुन्।

इटहरीको वडा नम्बर १ र १७ को सिमानामा पर्ने मुसहर बस्तीमा मेयर चौधरी आफैं राहत वितरण गर्न पुगेका बेला कोरोना फैलिने सक्ने भन्दै विरोध भएको थियो ।

कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन एक हप्ता लगाएको लकडाउन अझै एक साता थप्‍न तयारी छ। इटहरी उपमहानगरको शनिवार बसेको बैठकले विपन्‍न परिवारलाई करिब ८०० रुपैयाँ बराबरको तेल चिनी, दाल ,नुन, चामल वितरण गर्ने निर्णय गरेको थियो ।

वडा नम्बर १७ का वडाध्यक्ष भगवान् लाल साहका अनुसार पालिकाको निर्णयानुसार वडा कार्यालयले सिफारिस गरेपछि मात्रै करिब ८०० बराबरको खाद्यान्‍न स्थानीयलाई दिने निर्णय भएको हो । तर मेयरले हुल बाँधेर राहत बाँडेर त्रास फैलाएको आरोप उनले लगाए ।

उता मेयर चौधरीले भने विरोधको अर्थ नरहेको बताए। 'सके आफैँ आएर राहत वितरण गर्नु', उनले भने, 'तर काम गर्नेको बिनाकाममा विरोध नगर्नू।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.