|

काठमाडौं : सरकारले कोरोना भाइरसका बिरामीको उपचारका लागि खटिने स्वास्थ्यकर्मीका लागि असार मसान्तसम्मका लागि प्रतिव्यक्ति २५ लाख रुपैयाँको जीवन बीमा गरिदिने निर्णय गरेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

कोरोना प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको लागि २०७७ असार मसान्तसम्म जनही २५ लाख बराबरको जिवन बिमा गर्ने तथा क्षतिपूर्ति दिने निर्णय सरकारले गरेको हो। 

'कोरोना प्रभावतिको उपचारमा खटिने डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी, बिरामी ओसार्ने एम्बुलेन्स चालक, सुरक्षागार्ड र कोरोना प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई असार मसान्तसम्मको जनही २५ लाख रुपैयाँको बीमा गरिदिने निर्णय भएको छ', सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.