|

कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट विगत २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ।  स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ। 

अमेरिकामा हिजो १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ। अमेरिकामा हिजो २ सय ५५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ। संक्रमितको संख्या तिब्र गतिमा बढेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहाँ सामाजिक दूरीको आदेश आगामी एक महिनाका लागि थप गरेका छन। 

इटलीमा हिजो ७ सय ५६ जनाको मृत्यु भएको छ। ५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। योसँगै मृत्यु हुनेको संख्या इटलीमा १० हजार ७ सय नाघेको छ। संक्रमितको संख्या ९७ हजार ६ सय पुगेको छ। जर्मनीमा संक्रमितको संख्या ६२ हजार पुगेको छ भने फ्रान्समा ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। 

विश्वभर कोरोना भाइरसबाट एकै दिन झण्डै ३ हजार मानिसको मृत्यु भएपछि अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय पुगेको छ। त्यस्तै संक्रमितको संख्या ७ लाख नाघेको छ भने उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.