|

रौतहट : कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले सुरक्षाकर्मी नै परिचालन गरी 'लकडाउन' कार्यान्वयन गरिरहेका बेला रौतहटमा बालिका र किशोरीमाथि जबर्जस्ती करणी भएको छ।

जिल्लाको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर नगरपालिकाकी आठ वर्षीया बालिकामाथि जबर्जस्ती भएको हो। फतुवामा स्थानीय प्रताप पासवानका १८ वर्षीय छोरा नवल पासवानले छिमेककी ८ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

शनिबार राती घरबाट नजिकैको किराना पसलमा खाने तेल किन्न गइरहेकी ती बालिकालाई समाति निज पासवानले नजिकैको गल्लीमा लगेर बलात्कार गरेको थियो। पीडा सहन नसकेर बालिका रूने र चिच्याउने गरेपछि घटनाबारे थाहा पाएका स्थानीयले पासवानलाई समातेर प्रहरीमा खबर गरेका थिए। 

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिशोर साहको कमाण्डमा गएको टोलीले आरोपी पासवानलाई नियन्त्रणमा लिएको थियो। चन्द्रपुरसथित स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पीडित बालिका र पीडकको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिएको छ।

बालिकामाथि जबर्जस्ती गर्न अभियुक्तलाई प्रहरीले आज (सोमबार) सार्वजनिक गरेको छ। बलात्कार आरोपी पासवानमाथि बालयौन दुराचार सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान थालिएको छ।

गत चैत्र १३ गते कटहरिया नगरपालिका वडा ७ बगहीगाँउस्थित एक जना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका २८ वर्षीय भाग्यनारायण साह फरार भएका छन्‌। 

घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी निज शाहले छिमेकीको छोरीलाई केही काम छ भनी आफ्नो घरमा बोलाई बलात्कार गरेको आरोप लागेको छ। शाहले किशोरीमाथि दिउँसै ढोका थुनेर बलात्कार गरेको र भिडियो समेत बनाएको खुलेको छ। शाहले बलात्कारको घटनाबारे कसैलाई भनेमा  भिडियो सामाजिक संजालमा राखिदिने धम्की दिँदै आएको किशोरीले बताएकी छिन्‌।

पीडितले घटनाबारे बाबु-आमालाई बताएपछि घटना बाहिर आएको थियो। इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले साहमाथि जबरजस्ती करणी मुद्दा दर्ता भएको र भिडियोबारे थप अनुसन्धान भइरहेको बताएका छन्‌।

पीडितको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको र आरोपी साहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.