तिमी अलि परै बस, केही दिन घरै बस,
म अलि वरै बस्छु, केही दिन घरै बस्छु।
भलाइको लागि नै हो,
तिमी अलि परै बस।
उनीहरू खटिरहेछन्, हाम्रो खुशीका लागि,
उनीहरू डटिरहेछन्, हाम्रो जीतका लागि।
सम्मानमा उनीहरूको,
तिमी अलि परै बस।
आफैंलाई भुलिरहेछन्, हाम्रो जीवनका लागि,
मृत्युसँग खेलिरहेछन्, मानवताका लागि।
सृष्टि जोगाउनु छ अहिले
तिमी अलि परै बस, केही दिन घरै बस,
म अलि वरै बस्छु, केही दिन घरै बस्छु।
भलाइको लागि नै हो,
तिमी अलि परै बस।
तपाईंको ईमेल गोप्य राखिनेछ ।