|

कञ्चनपुर : खाद्यान्नको अभाव हुन नदिनका लागि कञ्चनपुर उद्योग बाणिज्य संघले घुम्ती पसल सञ्चालन गरेको छ।

भीमदत्त नगरपालिकाको पहलमा टोल टोलमा खाद्यान्नलगायतका सामग्री नगरबासीलाई घर दैलोमा उपलव्ध गराउनका लागि घुम्ती पसल सञ्चालन गरिएको हो।

 विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरेको अवधिमा बजारमा भीड हुन नदिनका लागि घुम्ती पसल विकल्पका रुपमा रोजिएको संघका अध्यक्ष जंगबहादुर मल्लले बताए।

उनले सामाजिक दूरी कायम गरी समान बिक्री गरिने बताए। खाद्यान्नलगायतका अत्यावश्यक वस्तु किनमेल गर्न गाउँ घरमै पायक पर्ने ठाउँबाट प्राप्त गर्न सकिने गरी पसल सञ्चालन गरिएको उनले बताए।

पसलबारे माइकिङ गरी वडाबासीलाई जानकारी दिइने कार्य समेत भइरहेको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.