भारतीय सेनामा कार्यरत थिए धादिङका युवा

|

काठमाडौं : ललितपुरको पाटन अस्पतालमा उपचाररत एकजना बिरामीको मृत्यु भएको छ। भारतीय सेनामा कार्यरत धादिङका एकजना युवकको सोमबार मृत्यु भएको हो। उनको पाटन अस्पतालको आईसीयुमा उपचार भइरहेको थियो। 

भारतीय सेनाका सदस्य उनी चैत १४ गते नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि बिरामी भएका उनलाई उच्च ज्वरो आएको थियो। त्यसपछि उनलाई उपचारका लागि आइतवार दिउँसो पाटन अस्पतालमा भर्ना गरिएको थियो। भारतीय सेनामा कार्यारत उनी १४ गते नेपाल फर्केका थिए ।

पाटन अस्पताल स्रोतका अनुसार उच्च ज्वरो देखिएका उनका शरीरका भित्री अंगहरुले एकसाथ काम गर्न छाडेपछि मृत्यु भएको हो। 'उनको मृत्यु कोरोनाका कारण भएको होइन', स्रोतले भन्यो, 'यहाँ कोरोना आशंकित तीनजना बिरामी छन् तर उनीहरुको अवस्था सामान्य छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.