विश्वभरका धेरै देश यो लडाइँमा समर्पित भइरहँदा भारत पनि अछुतो छैन।
भारतमा गरिबी र भोकमारीका कारण मजदुरको दैनिकी सकसपूर्ण छ। हजारौं माइलको यात्रा हिँडेर नै तय गरिरहेका मञ्जदुरको ठूलो संख्याले अहिले सरकारको आलोचना बढाएको छ। सरकारको मात्र होइन स्टार खेलाडीले देशको महामारीमा सक्दो सहयोग नगरेको भनेर दिनहुँ जस्तो आलोचना भइनै रहेको छ।
केही दिन अघि महेन्द्र सिंह धोनीले एकलाख मात्रै सहयोग गरेको भन्दै आलोचना भएको थियो। अहिले आलोचनाको सिकार भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली भएका छन्। कोहलीले सिर्फ भिडियोमा सन्देश दिएर मात्रै हिँडेको भन्दै उनको आलोचना भएको हो।
धोनीकी पत्नी साक्षीले धोनकीको बचाउ गरे पनि विराटले भने आफैँ सहयोग गरिरहेको जिकिर गरेका छन्।
विराटले ट्विट गर्दै पत्नी अनुष्का शर्मा र आफू मिलेर प्रधानमन्त्री र मुख्यमन्त्री सहायता कोषमा लगातार सहयोग गरिरहेको जनाएका छन्। उनले, ‘अुनुष्का र म प्रधानमन्त्री र महाराष्ट्रको मुख्यमन्त्री कोषमा लगातार सहयोग गर्दै आएका छौं। देशमा जुन संकटको समय आएको छ। यो देखेर हाम्रो दिल दु:खेको छ। आशा छ कोरोना भाइरसको लडाइँमा हामीले गरेको मद्दत मानिसको दु:ख हटाउन सहयोग सिद्ध हुने छ।’
यद्दपि विराटले कति रकम सहयोग गरेँ भनेर खुलाएका भने छैनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।