|

इलाम : कोरोना भाइसर (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सरकारले आव्हान गरेको लकडाउनका कारण विपन्न परिवारमा आउने समस्याका लागि सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले चामल स्टक राखेको छ।

गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट गाउँपालिकाले ११० क्विन्टल चामल खरिद गरी भण्डार गरेको अध्यक्ष जितबहादुर राईले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले कार्यविधि बनाएर गाउँपालिकाकाको विपन्न, गरिव र मजदुरलाई वितरण गरिनेछ।

‘खाद्य सामग्रीको लिनका लागि यही गाउँपालिकाको स्थायी बासिन्दा र भोटर हुनुपर्ने छ। जिल्लाबाट एक प्रकारको कार्यविधि आएको त्यसमा हामी थप घट गरेर आफ्नो कार्यविधि बनाउने छौं’ उनले भने, ‘अहिले ६ वटै वडामा लगत संकलन भइरहेको छ। वडाको सिफारिसको आधारमा खाद्य सामग्री उपलव्ध गराइनेछ।’

हाल भण्डार गरिएको सामग्रीले अपुग भए थप खरिद गरेर गाउँपालिकाले वितरण गर्ने उनले बताए। त्यसैगरी सूर्योदय नगरपालिकाले समेत ५५ क्विन्टल खरिद गरेर भण्डारण गरेको नगर प्रमुखका स्वकीय सचिव दिपेश राईले जानकारी दिए। उनका अनुसार वडा वडाबाट सिफारिस भइ आएका मध्ये अति विपन्न र गरिबलाई समानुपातिक रुपमा वितरण गरिनेछ। वडा नं ३ ले उद्योगी, व्यवसायी एवं समाजसेवीबाट ८७.५ क्विन्टल चामल संकलन गरेर भण्डार गरिने भएको छ।

कोरोनाका कारण वडामा हुन सक्ने खाद्य अभावलाई परिपूर्ति गर्नका लागि संकलन गरिने वडाध्यक्ष होम कार्कीले बताए। टोल विकास समितिको सिफारिसमा वडा कार्यालयमा बनाइएको समितिको निर्णय अनुसार चामल वितरण गरिने कार्कीले जानकारी दिए।

चामल भोलि आयात गरेर भण्डार गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.