|

इटलीमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ। 

हिजो एकै दिन ४ हजार ५० नयाँ संक्रमित भेटिएसँगै इटलीमा संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको हो। इटलीमा हिजो एकै दिन ८ सय १२ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ११ हजार ५ सय ९१ पुगेको छ। 

अमेरिकामा कोरोनाको संक्रमण दर तिब्र रुपमा फैलिइरहेको। हिजो एकै दिन झण्डै २० हजार नयाँ संक्रमित भेटिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ८१ पुगेको छ। हिजो मात्रै अमेरिकामा ५ सय ६५ जनाको मृत्यु भएको छ। स्पेनमा हिजो ९ सय १३ जनाको मृत्यु भएपछि मृतकको संख्या ७ हजार ७ सय १६ पुगेको छ। 

त्यहाँ झण्डै ८ हजार नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा हिजो ४ सय १८, जर्मनीमा १ सय ४, बेलायतमा १ सय ८०, इरानमा १ सय १७, नेदरल्याण्ड्समा ९३ र बेल्जियममा ८२ जनाको मृत्यु भएको छ। 

त्यसैगरी टर्कीमा ३७, क्यानडामा २४, पोर्चुगलमा २१, ब्राजिलमा २७ र स्वीडेनमा ३६ जनाको ज्यान गएको छ। भारतमा हिजोमात्रै ५ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ३२ पुगेको छ। 

थप २ सय २७ नयाँ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या १२ सय ५१ पुगेको छ । विश्वभर हिजो एकै दिन ३७ सय १५ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या ३७ हजार ७ सय ८० पुगेको छ भने हिजो एकै दिन झण्डै ६१ हजार नयाँ संक्रमति थपिएका छन् । कूल संक्रमतिको संख्या ७ लाख ८४ हजार २ सय ८३ पुग्दा १ लाख ६५ हजार उपचारपछि निको भएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.