|

धनकुटा : दैनिक मजदुरी गर्दै गुजारा चलाउँदै आएका अति विपन्न परिवारलाई धनकुटा नगरपाालिका–३ का वडाध्यक्ष विकास घिमिरेले खाद्यान्न वितरण गरेका छन्। 

लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नपाई समस्यामा परेको वडाका २५ घरका अति विपन्न परिवारलाई वडाध्यक्ष घिमिरेले व्यक्तिगत लगानीमा खाद्यान्न वितरण गरेका हुन्। उनले प्रतिव्यक्ति २५ किलो चामाल, एक किलचा दाल, एक किलो नुन वितरण गरेका छन्।

वडामा रहेका अन्य विपन्न परिवारको खोजी गरी उनीहरूलाई पनि राहत वितरण गर्ने तयारीमा रहेको वडाध्यक्ष घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.