|

काठमाडौं :  हिन्दू स्वयंसेवक संघ नेपाल एवम् प्राज्ञिक विद्यार्थी परिषद नेपालले संयुक्तरूपमा काठमाडौंमा मजदुरी गरेर बस्ने र अलपत्रमा परेका नागरिकहरूलाई दैनिक खाना खुवाई रहेको छ।

काठमाडौंमा दैनिक काम गरेर गुजारा टार्नेहरू लकडाउन पछाडि काम नपाएको र घरजान पनि नसकेकाहरुका लागि गौरीघाट, गुह्येश्वरी र टेकुबाट पहिलो र दोस्रो दिन १५० र त्यस पछिका हरेक दिन ३ सय जनालाई भोजन बनाई वितरण गरिरहेको हाे। 

त्यस्तै काठमाडौंको वभिन्न स्थानहरू गौरीघाट, गोकर्ण, तार्केश्वर, ज्ञानेश्वर, वालुवाटार, लोकन्थली, जोरपाटी बसुन्धरालगायतका स्थानहरूमा १० हजार थान मास्क पनि वितरण गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.