|

जाजरकोट : नलगाड नगरपालिकाले कोरोना भाइरसको रोकथाम र उपचारका लागि खटिने कर्मचारीलाई खाइपाई आएको तलबमा थप ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाको विपद व्यवस्थाप कोषमा २१ लाख रुपैयाँ जम्म गर्ने, कोरोनाविरुद्धको अभियानमा खटिएका कर्मचारीलाई खाइपाई आएको तलबमा थप  ५० प्रतिशत जोखिम भत्ता दिने, स्वास्थ्य संस्थामा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तीन हजार रुपैयाँ जोखिम भत्ता दिने, ड्युटीमा खटिने सुरक्षाकर्मीलाई दुई हजार ५०० रुर्पयाँ खाजा भत्ता उपलव्ध गराउने निर्णय गरेको  प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए।

यस्तै, नगरपालिकाका भुमिहीन, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरेको छ। त्यस्तै, कोरोना रोकथामका खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मीचारीका लागि पाँच लाख रुपैयाँ जीवन बिमा बापतका लागि रकम छुट्याइएको छ।  त्यस्तै, औषधि उपचारका लागि ५० हजार रुपैयाँ समेत बिनियोजन गरिएको अधिकृत सिंहले जानकारी दिए।

त्रिभुवन मावि दल्लीमा क्वारेन्टाइन बनाउने निर्णय समेत गरिएको छ। आवश्यक औषधि खरिद गर्नका लागि व्यवस्थापन गर्ने समेत नगरप्रमुख टेकबहादुर रावलले बताए। वडा वडामा रहेका समितिलाई थप प्रभावकारी बनाउका लागि अनुगमन तथा निगरानी समेत गरिने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.