चेतना अभावले गाउँबासी अझै अन्योलमा

|

डोल्पा : शनिवार सदरमुकाम दुनै पुगेका शे–फोक्सुण्डो गाउँपालिकाका महिलाहरुले आत्महत्याको प्रयास गरेका छन्।

लकडाउनपछि जिल्ला बाहिरबाट आएका उनीहरुलाई दुनैस्थित सरस्वती माध्यामिक बिद्यालयमा बनाइएको क्‍वारेन्टाइनमा राख्न खोजिए पछि ठूलीभेरी नदीमा हाम फालेर आत्महत्या प्रयास गरेकाहुन्।

उनीहरुमध्ये शे–फोक्सुण्डो गाउँपालिका–५ की ङाचोक गुरुङ्गले नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी हुन्। 

‘हामीसँगै आएका डोल्पो बुद्ध गाउँपालिका महिला र पुरुष घरजान पाउने, हामी किन नपाउने, हामीले जेलमा बस्न के अपराध गरेका छाँै?’ भनेर रोइकराई गर्दै उनले आत्महत्या प्रयास गरेकी हुन्।

नेपाली भाषा राम्रोसँग बोल्न नजान्ने उनीहरुले आफुहरुलाई कोरोना नलागेको र घरजान पाउनुपर्ने भन्दै स्वास्थकर्मीसँग जिद्धी गरेका थिए।

उनीहरुलाई शनिवार बाट १४ दिनका लागि क्‍वारेन्टाइनमा राखिएपछि यस्तो घटना भएको हो। कोरोना भाइरस (कोभिड)–१९ सम्बन्धी चेतनाको कमीका कारण महिलाहरुले यस्तो गरेको हुनसक्ने अनुमान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.