प्रदेशभरि ७ सय ८५ जना क्‍वारेन्टाइनमा

|

अर्घाखाँची : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नियन्त्रणका विभिन्न प्रयास भइरहेका छन्। अन्यमा संक्रमण नफैलियोस भनी बाहिरी देशबाट आएकालाई स्थानीय सरकारको पहलमा क्‍वारेन्टाइननमा समेत राखिएको छ। तर संक्रमण आशंका गरिएकालाई सुरक्षित राख्न समस्या भएपछि प्रदेश ५ मा तत्काल सुरक्षित उपचार केन्द्र स्थापनाका लागि स्थानीय सरकारले माथिल्ला दुवै (प्रदेश र संघीय सरकार) सँग आग्रह गरेका छन्। 

प्रदेश ५ सरकारको सोमबारको बैठकले प्रदेशको तीन स्थानमा नमुना परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ। रुपन्देहीको भैरहवा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेको भेरी अस्पतालमा कोभिड १९ आशंका लागेका बिरामीको नमुना स्वाब परीक्षण प्रयोगशाला स्थापना गरिनेछ। 

हाल कोरोना संक्रमणको आशंकामा बिरामीको स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यता भएकाले समयमा रिपोर्ट नआउँदा उपचारमा समस्या छ। सोही समस्यालाई ध्यानमा राखी प्रदेशका पायक पर्ने स्थानमा नमुना परीक्षण प्रयोगशाला स्थापना गर्न लागिएको प्रदेश मन्त्रिपरिषद् बैठकमा बताइएको छ। 

प्रदेश ५ मा कहाँका क्‍वारेन्टाइननमा कति छन् ? 

प्रदेश ५ का १२ ओटा जिल्लामा ७ सय ८५ जनालाई क्वारेनटाइनमा राखिएको छ। नवलपरासीमा ६७ जना, रुपन्देहीमा ६१ जना, कपिलवस्तुमा १ सय ७७ जना, पाल्पामा ३९, गुल्मीमा ४३, अर्घाखाँचीमा ३५, दाङमा २७ जना, प्युठानमा २७, रोल्पामा ३, रुकुममा ३४ जना, बाँकेमा ८७ जना र बर्दियामा १ सय ८५ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ।

हालसम्म प्रदेश ५ का १२ वटै जिल्लाबाट आएका कोरोना भाइरस लागेको आशंकाका ६१ जना बिरामीको नमुना स्वाब परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पडाइएकोमा ५८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै ३ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश ५ सामाजिक विकाश मन्त्रालयका डाक्टर उमाशंकर प्रसाद चौधरीले बताए। 

एक दर्जन बढी आइसोलेसनमा 

त्यस्तै प्रदेश ५ मा १ दर्जन भन्दा बढी बिरामीलाई आइसोलेसनमा राखिएको छ। उनीहरुका परिवारलाई पनि होम क्‍वारेन्टाइननमा राखिएको छ। अर्घाखाँचीमा १ हजार ८ सय ५१ जना नागरिक भारत तथा अन्य मुलुकबाट आएका जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा छ। अन्य जिल्लाहरुमा पनि भारत तथा दोस्रो मुलुकबाट आउनेको संख्या हजारौंको संख्यामा छ। 

क्‍वारेन्टाइननमा नबस्नेलाई कडा कारबाही

सरकारले भारत या अन्य मुलुकबाट आएर क्‍वारेन्टाइननमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कार्बाही गर्ने निर्णय गरेको छ। त्यस्तै लकडाउनको बेला बिनाकाम घरबाहिर सडकमा हिँड्नेलाई ६ महिना कैद हुन सक्ने गरी कार्बाही गर्ने भएको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.