|

काठमाडौं : देशमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीहरु अहोरात्र खटिरहेका छन्। व्यक्तिगत सुरक्षा सामाग्रीबिना पनि उनीहरुले बिरामी जाँचिरहेका छन्, उपचारमा जुटेका छन्। 

तर यिनै स्वास्थ्यकर्मीलाई घरभेटीहरुले कोठा छाड्न दबाब दिएको खुलेको छ। डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीलाई घरभेटीहरुले कोठा छाडेर जान दबाब दिएको गुनासो स्वास्थ्य मन्त्रालयलयसम्म पुगेको हो।

यसबारेको जानकारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डाक्टर खेम कार्कीले मंगलबारको पत्रकार सम्मेलनमा दिएका हुन्। 'चिकित्सक र नर्सलाई घरभेटीहरुले कोठा छोड्न दबाब दिएको सुनेनका छौं', उनले भने, 'विश्‍वव्यापी संकटसँग जुधिरहेका स्वास्थ्यकर्मीलाई कोठा छाड्न दबाब दिनेमाथि कारवाही हुन्छ।'

डाक्टर कार्कीले यदि घर छाड्न दबाब दिएको हो भने प्रशासनमा उजुरी गर्न पनि आग्रह गरेका छन्। 'स्वास्थ्यकर्मीलाई घर छाडेर जान दबाब दिएको गुनासो हामीकहाँ आइपुगेका छन्', उनले अगाडि भने, 'यदि त्यस्तो भइरहेको छ भने स्थानीय प्रशासनलाई जानकारी गराउनु होला, तत्कालै कारवाही अघि बढाउँछौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.