|

सल्यान : दार्मा गाउँपालिका ५ का विशाल सिंहले व्यक्तिगत खर्चमा १६५ घरधुरीलाई खाद्यान्‍न वितरण गरेका छन्।

कोरोना भाइरस संक्रमण फैलन नदिन देशव्यापी 'लकडाउन' कार्यान्वयनमा आएपछि समस्यामा परेका गाउँपालिकाका अति विपन्न र दैनिक मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्ने परिवारलाई सिंहले आफ्नै खर्चमा खाद्यान्‍न वितरण गरेका हुन्‌। 

वडाभित्रका दैनिक मजदुरी गर्ने, वृद्धवृद्धा, अपांगता भएका, दलित परिवारका १६५ घरपरिवारलाई एक महिनाका लागि पुग्नेगरी खाद्यान्‍न वितरण गरेको उनले जानकारी दिए। सिंहले प्रत्येक परिवारलाई २५ किलोग्राम तौलको एक बोरा चामल १६५ बोरा, १६५ पोका नुन र तेल, १६५ पिस साबुन र ३५० थान मास्क वितरण गरेका हुन्‌।

आफ्ना स्वर्गीय हजुरबुबाको सम्झनामा वडाका जलेखर्क, पोखरापुल, ढाकाडामकोट, सिमलनेटा र पातिहाल्नाका स्थानीयलाई खाद्यान्‍न वितरण गरिएको सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.