|

बैतडी : देशैभर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयास भइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका ४ मा रहेको स्वास्थ्यचौकीका विषयले भने विवाद निम्त्याएको छ। नगरपालिका ४ का वडाध्यक्ष शैलेन्द्र धानुकले स्वास्थ्य चौकी रहेको पुरानो ठाउँबाट कार्यालय अन्यत्रै सार्ने निर्णय गरेपछि विवाद उत्पन्‍न भएको हो। 

साबिकको भटना गाविस ७ मा स्वास्थ्य चौकी रहेकै अवस्थामा वडाध्यक्ष धानुकले कार्यालय साबिकको भटना २ मा सार्न खोजेका थिए। कोरोना भाइरसले महामारीको रुप लिएको बेला गरिएको यस्तो निर्णयले स्वास्थ्य संस्थाजस्तो संवेदनशील विषयमा खेलबाड गरिएको भन्दै धानुकप्रति स्थानीयले आक्रोश पोखेका छन्। 
धानुकले आफ्नै घरमा स्वास्थ्य चौकी सार्न लागेको समेत स्थानीयले आरोप लगाएका छन्।  अन्य जनप्रतिनिधिको कुरै नसुनेर वडाध्यक्ष धानुकले एकलौटी स्वास्थ्य चौकी सार्ने निर्णय गरेको स्थानीय गोविन्द धामीले आरोप लगाएका छन्। 

कार्यालय सार्ने विवाद बढ्दै गएपछि समस्या समाधानका लागि नगर स्वास्थ्य शाखाबाट स्वास्थ्य कार्यालय बैतडीलाई डेलिकेसन बुझाइएको स्थानस्य धामीले बताए। 
यस्तै स्वास्थ्य चौकी सार्न नहुने भन्दै उनीहरूले हस्ताक्षर संकलनसमेत गरिरहेका छन्।  वडाध्यक्ष धानुकले भने साविक भटना गाविस कार्यालय रहेकै ठाउँमा स्वास्थ्य चौकी रहे पनि भवन पर्याप्त नभएकाले कार्यालय सार्न खोजेको बताएका छन्। 

वडाध्यक्ष धानुकले भने, ‘साविकका वडा नम्बर १, २ र ९ का स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित भएकाले सबैलाई पायक पर्ने स्थानमा स्वास्थ्य चौकी सार्न लागेका हौं।’
स्वास्थ्य चौकी सार्न अहिले जग्गाको खोजी गर्ने निर्णय वडा र नगरपालिकाले गरेको बताइएको छ। यता स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भने स्वास्थ्यको सम्पूर्ण अधिकार स्थानीय सरकारको हातमा रहेकोले यो विषयमा आफूलाई केही पनि जानकारी नभएको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.