|

काठमाडौं : कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ।

नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको बताए। उनका अनुसार काठमाडौँ उपत्यकाका  ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ।

‘यस परिस्थितिमा अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौं', उनले भने, ‘तीन दिनमा दुई/दुई स्थानबाट एकैचोटी ग्यास वितरण गर्नेछौँ। दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौं।’

बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिलचोक र बाफलचोक, बिहीबार कोटेश्वरचोक र बानियाँटारचोक तथा शुक्रबार भनिमण्डलचोक र महाराजगञ्ज चोकबाट ग्यास सिलिण्डर वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.