|

गुल्मी : धुर्कोट गाउँपालिकाले अति विपन्न ६० घर परिवारलाई खाद्यान्न वितरण गरेको छ। 

वडा नम्बर ७ वाग्लाका अति विपन्न नागरिकलाई प्रतिपरिवार २५ किलो चामल, पाँच किलो आलु, एक किलो नुन र एक लिटर खानेतेल वितरण गरेको गाउँपािलका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए। 

लकडाउनले अति विपन्न र दैनिक ज्यालादारी गरेर खानेहरुलाई समस्या नहोस् भनी खाद्यान्न वितरण गरेको अध्यक्ष पोखरेलले बताए। 

यस्तै, लकडाउनको समयमा घरबाहिर निस्के कारवाही गर्ने गाउँपालिकाले जनाएको छ। सर्वपक्षीय बैठककले लकडाउनको समयमा घरबाहिर निस्कने र लकडाउन उल्लंघन गर्नेहरुलाई कारवाही गर्ने निर्णय गरेको हो। गाउँपालिकाले लकडाउन कडाइका साथ लागु गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। वडालाई २८ टोलमा विभाजन गरी ८१ जनालाई आफ्नो टोल नियन्त्रण गर्न जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.