विदेशबाट आएकाहरुको खोजी गरिँदै

|

सुर्खेत : दिउँसोको २ बज्न चार मिनेट बाँकी थियो। सुर्खेतको चौकुने गाँउपालिकाको वडा नम्बर ९ का डम्मर नेपालीले दिउँसोको खाना रोटी र तरकारी स्कूलको चौरमा बसेर खाइहेका थिए। भारतबाट आएको २ दिनपछि उनी चौकुने ६ मा रहेको जीवन ज्योती माविमा गाँउपालिकाले बनाएको क्वारेन्टाईनमा बस्न आइपुगे।

मजदुरीका लागि भारतको उत्तराखण्ड भर्खरै पुगेका थिए। काम थालेको जम्मा १८ दिन पुगेको थियो। विश्वभर कोरोनाको प्रकोप फैलियो। भारतमा पनि लकडाउन गरियो। मजदुरीका लागि भारत पुगेका उनी जस्तै नेपाली अहिले पनि विभिन्न ठाँउमा समस्यामा परिरहेका छन्। 

म काम गर्न गएको १७१७ दिन भएको थियो, सबै बन्द भयो, काम गर्न पनि पाएन सर, नेपालीले भने दुईदिन जति ति साहुले केही खाना पनि दिएको थियो तर पछि खाना र बस्न दिन सक्दैन भन्यो, हजार रुपैया दिएर पठाईदियो।

भारतबाट सात दिन लगाएर पैदल नेपाली आफ्नो गाँउ पुगेका हुन्। ‘सात दिन लगाएर म भारतको उत्तराखण्डको पहाडबाट हिडेर आए’, नेपालीले भने, ‘नेपालको बोडर सम्म आउदा मुखमा नुन भन्ने चिज परेन, हिँड्दा खुट्टा दुखेर हैरान भँए।’ 

उनले नेपालको बोडरमा आउनु अघि प्रहरी बिटहरुमा बसेर पनि रात कटाए। नेपालमा आईसके पछि भने बाटोमा खाना माग्दै आएको दुखेसो पोखे। ‘साहुले दिएको हजार रुपैया ईण्डीयाको बाटोमा नै सकियो, चाउचाउ बिस्कुट खाएर’, उनले भने, ‘नेपाल आए पछि मागेर भए पनि खाईयो, पैसा तिरेर पनि भारतमा खाना पाईन, बिस्कुट खाएर गाँउ पुगेँ।’

नेपाली गाँउ आएको जनप्रतिनिधिले थाहा पाए पछि पालिकाले क्वारेन्टाईनमा बस्न बोलाए पछि उनी आएका हुन्।  ‘म घरमा एक्लै थिए। घरमा कोही छैनन्। आमा वुवा पनि ईण्डिया तिर नै छन्। अरुको घरमा सहयोग मागेर खाना खाईरहेको थिए। गाँउपालिकाले बोलाए पछि म यहाँ आएको हुँ।’  उनले भने।  

चौकुने गाँउपालिकाले बनाएको क्वारेन्टाईनमा बस्ने उनी पहिलो व्यक्ति हुन्। नेपाली क्वारेन्टाईनमा बस्ने पहिलो व्यक्ती भएको गाँउपालिका अध्यक्ष धिर बहादुर शाहीले बताए। 

उनले नेपालीलाई गाँउमा नै रोजगारी दिने गरि गाँउपालिकाले सोच बनाएको गाँउपालिका अध्यक्ष  शाहीले बताए। ‘उनी गाँउपालिकाले बनाएको क्वारेन्टाईनमा सहज रुपमा आउने पहिलो व्यक्ति हुन, मलाई काम दिनु परयो म अब ईण्डिया जान्न भनेका छन’, गाँउपालिका अध्यक्ष शाहीले भने, ‘सकेसम्म गाँउमा नै रोजगारी दिने गरि सोच बनेको छ।’  

नेपालीलाई गाँउमानै रोजगारी दिने आश्वासन प्रदेश सरकारका मन्त्रीले पनि दिएका छन्।

प्रदेशद्धारा खाद्यान्न हस्तान्तरण

क्वारेन्टाईनको अवस्था अवलोकन र क्वारेन्टाईनमा बस्नेहरुका लािग आवश्यक खाद्यान्न लिएर पुगेका कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए। प्रदेश सरकारले स्थानीय तहसंग समन्वयन गरी कोरोना विरुद्धको प्रतिकार्यका काम गरिरहेको छ।

स्थानीय तहमा संचालन हुने क्वारेन्टाईनलाई आवश्यक सहयोग प्रदेश सरकारले गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले बताए। ‘भारत लगायत विदेशबाट आएका नागरिकलाई क्वारेन्टाईनमा अनिवार्य राख्नु व्यवस्था स्थानीय तहले गर्नुपर्यो, त्यसका लागि आवश्यक आढ्ने आछ्याउने देखी खाद्यन्नको र स्वास्थ्यकर्मी औषधी देखी सुरक्षाको जिम्मा सरकारले दिन्छ।’ भण्डारीले भने।  

चौकुने गाँउपालिकामा क्वारेन्टाईनका लागि खाद्यान्न सहित क्वारेन्टाइनको अवस्था बुझ्न प्रदेश सरकारका मन्त्री  पुगेका थिए। डेढ क्वीन्टल चामल, एक क्वीन्टल सिमी, ५० केजी नुन,२० केजी मसुरो दाल लगायत बेसार, चिनी, जिरा, तेल चियापत्ती,र सोयविन क्वारेन्टाईनका लागि प्रदेश सरकारले  गाँउपालिकालाई हस्तान्तरण गरेको छ। 

सुर्खेतको चौकुने गाँउपालिका सुदुर पश्चिमसंग जोडिएको छ। पैदल यात्राका लागि कर्णाली चिसापानी हुदै चौकुनेको बाटो भएर अछाम कालिकोट लगायतका जिल्लाका सर्वसाधरण हिड्ने गरेका छन्। लकडाउनका कारण अहिले सोही बाटो भएर ईण्डियाबाट दिनमा नै सयौ मानिस लुकेर वा भागेर आईरहेकोले कर्णाली प्रदेशका जोसुकैलाई पनि क्वारेन्टाईनका राख्ने तयारी भईरहेको छ।

सोही योजना अनुसार कर्णाली सरकारका मन्त्री पश्चिम सुर्खेतको चौकुने गाँउपालिका र पञ्पुरी नगरपालिकामा अवलोकनका लागि पुगेका हुन्। कैलालीको कर्णाली चिसापानीमा चेकपोष्ट रोखेर कडाइका साथ भारतबाट आएकालाई सिधै क्वारेन्टाईनमा पठाईने गरी सुरक्षाकर्मी सहितको टोली खटाईएको छ। 

स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य सामाग्रीको माग

सुर्खेतको पश्चिमा क्षेत्रका लागि पञ्चपुरी नगरपालिका साल्कोटमा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई आईसोलेसनका रुपमा प्रयोग गरिने भएको छ।  क्वारेन्टाईन सबै स्थानीय तह र वडामा बताईएको छ  भने आईसोलेसनका लागि साल्कोटको प्राथमिक स्वास्थ्य चौकीलाई तयार बनाईएको छ।

तर स्वास्थ्यककर्मीले स्वास्थ्य सामाग्रीको अभाव भएकोले काम गर्न समस्या भएको बताएका छन्। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री संग स्वास्थ्य कर्मीले अहिले पनि थर्मोमिटरले ज्वोरो जाँच गर्नु परेको गुनासो गरे। फायर गन लगायतका स्वास्थ्य सामाग्री यथासिघ्र उपलव्ध गराउन स्वास्थ्य कर्मीले आग्रह गरे। प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले फायर गन प्रदेश सरकारले एकसय वटा माग गरिसकेकोले छिटै समस्या समाधान हुने आश्वासन दिए। 

देशबाट आएकाको खोजी

विदेशबाट आएकालाई खोज्नको लागि वडा वडामा टोली खटाईएको छ। वडा वडामा जनप्रतिनिधिको कमाण्डमा भारत तथा अन्य तेस्रो मुलुकबाट आएर घरमा बसेकाहरुलाई खोजेर भए पनि १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्ने गरी टोलीहरु खटाईएको हो।

चौकुने गाँउपालिका अध्यक्ष धिर बहादुर शाहीले वडा वडा तथा टोल टोलमा जनप्रतिधि सहितको टोली विदेशबाट आएकाहरुलाई खोज्नको लागि टोली नै खटाईएको बताए। यस्तै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र थापाले पनि गाँउ गाँउमा विदेशबाट आएर लुकेका हरुलाई खोज्न टोली परिचालन गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.