|

जुम्ला : जुम्लामा कोरोना को आशंका गरिएका चार जनाको रिपोर्ट निगेटिभ आएको छ।

यसअघि कर्णाली स्वास्थ्य बिज्ञानप्रतिष्ठाले कोरोनाको आशङ्कामा चार जना बिरामीको नमुना स्वाब परीक्षणको लागी काठमाडौं पठाएको थियो।

चारै जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका निर्देशक डा. मङ्गल रावलले बताए। उनले भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको छ।

प्रतिष्ठानले तीन दिनअगाडि जुम्लाबाट एम्बुलेन्समा नेपालगञ्ज हुँदै रिपोर्ट काठमाडौं पठाएको थियो। रिपोर्ट नेगेटिभ आएपछि जुम्ला सुरक्षित छ भन्ने आशा पलाएको छ।

उनीहरु भारतबाट आएका एक जना र उनका छोरालाई ज्वरो आएपछि आइसोलेसनमा राखिएको थियो। अहिले जुम्लाका स्थानीय सरकारले भारत र तेस्रो मुलुकबाट आएका ७२ जनालाई निगरानीमा राखेको स्थानीय प्रशासनको तथ्याङ्कमा उल्लेख छ।

निर्देशक रावलले भने स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्चस्तरको तयारी थालेको छ। प्रतिष्ठानका डा. धिरज गुरुङको संयोजकत्वमा चिकित्सकको टोली खटाइनुका साथै प्रतिष्ठानका सबै शय्या समेटेर 'आइसोलेसन वार्ड' बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.