|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ बेलडाँडीबाट आज विहान 'लकडाउन'को मौका छोप्दै मदिरा ओसारपसार गर्ने एक व्यक्तिलाई मोटरसाईकल सहित नियन्त्रणमा लिइएको छ।

कृष्णपुर नगरपालिका १ सुन्दरीफाँटाका पर्शुराम चौधरीलाई  म १ प ७११ नम्बरको मोटरसाईकलमा मदिरा ल्याउदै गरेको बेला नियन्त्रणमा लिइएको वडा अध्यक्ष बहादुर सिंह महराले जानकारी दिए।

चौधरीबाट चार पेटी सोफी र एक पेटी 'ब्लु डाइमण्ड' नामको मदिरा समेत बरामद गरिएको छ। बरामद मदिरा र मदिरा बोक्न प्रयोग भएको मोटरसाइकल सम्बन्धित निकायमा बुझाइने वडा अध्यक्ष महराले बताए।

वडामा मदिरा ओसारपसार, बेचविखन र सेवन गर्न प्रतिवन्ध लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.