|

काठमाडौं : काठमाडौं उपत्यकामा एकाएक मौसम बदली भएको छ। अपराह्‍नपछि मौसममा आएको परिवर्तनसँगै उपत्यकाभर हावाहुरी र असिनासहितको पानी परेको छ। अहिले प्री मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा क्षणिक वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमवीद् राजु प्रधानाङ्गका अनुसार पोखरा आसपास बनेको मौसमी प्रणाली पूर्वतिर सर्ने क्रममा काठमाडौंलगायत उपत्यका वरपर आइपुगेकोले वर्षा भएको हो। प्री मनसुनको अवधिमा अपरानह्‍नपख मौसम बदली हुने र पानी पर्ने गर्छ। आज दिउँसो काठमाडौं उपत्यकासहित पोखरा, लुक्लालगायत त्यस आसपासमा पानी परेको मौममवीद् प्रधानाङ्गले जानकारी दिए।

उनका अनुसार मनसुन सुरु हुनुअघि मार्च, अप्रिल र मे महिनामा प्रि मनुसन सक्रिय हुन्छ । नेपालमा सामान्यतया जून १० देखी सेप्टेम्बर २३ सम्मलाई मनसुनको अवधि मानिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.