|

काठमाडौं : छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ। 

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १२ जना संक्रमितको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

अहिलेसम्मको कुल मानवीय हताहतीमध्ये पछिल्लो २४ घण्टाभित्र ज्यान गुमाउनेको संख्या अहिलेसम्म भएको मानवीय हताहतीको २४ प्रतिशत हो। 

कोरोनाबारे ताजा तथ्यांक दिइरहेको वर्ल्डोमिटरले भने भारतमा अहिलेसम्म ५८ जना संक्रमितको ज्यान गएको उल्लेख गरेको छ।

भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या दुई हजार नाघेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.