|

दैलेख : क्‍वारेन्टाइन र आइसोलेसनका लागि सामान लिएर गएको मिनीट्रक दैलेखमा दुर्घटनामा परेको छ। दुर्घटना चार जना घाइते भएका छन्। जिल्लाको पश्चिममा पर्ने ठाटिकाध गाउँपालिका जाँदै गरेको ट्रयाक्टर दुर्घटना भएको हो। 

आइसोलेसन र क्‍वारेन्टाइन निर्माण सामग्री बोकेर सुर्खेतबाट ठाटिकाध जाँदै गरेको भे १ ख २७३० नम्बरको मिनीट्रक कर्णाली राजर्मागअन्तर्गत सियालामा दुर्घटना भएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर ओलीले बताए। सवार तीन जनालाई सामान्य चोट लागेको र चालकलाई गम्भीर चोट लागेको प्रहरी प्रमुख ओलीले बताए । घाइतेहरुलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा चालक ठाटिकाध गाउँपालिका ६ का २३ वर्षीया सागर शाही, दुल्लु नगरपालिका २ का २२ वर्षीया लक्ष्मी थापा सोही ठाउँकी १७ वर्षीया रमिला थापा र जुम्ला सिंजा गाउँपालिका ६ का १८ वर्षीया कर्णबहादुर बुढा रहेका छन् । दुर्घटनामा क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.