काठमाडौं : स्वास्थ्य मन्त्री भानुभक्त ढकालपछि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचारको आरोपसहित उजुरी दर्ता गराएका हुन्।
त्रिपाठीले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन सरकारले ठेक्का दिएको ओम्नी कम्पनीका संचालकविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका हुन्।
यसअघि स्वास्थ्य मन्त्री ढकालविरुद्ध विवेकशील नेपालीका प्रदेश सांसद रमेश पौडेलले भ्रष्टाचार आरोपमा उजुरी हालेका थिए।
चीनबाट मेडिकल उपकरण आयात गर्दा भ्रष्टाचार गरेकोले उनीहरुमाथि कारवाहीको माग गर्दै उजुरी दर्ता गराएको त्रिपाठीले जानकारी दिए।
'मैले आफ्नो उजुरीमा उनीहरुले आफूविरुद्धको प्रमाण मेटाउन सक्ने हुँदा तत्काल हिरासतमा लिएर गम्भीर छानबिन गरि मुद्दा दायर गर्नसमेत माग गरेको छु', त्रिपाठीले भनेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।