|

संखुवासभा : दुई साताअघि युएईको दुबईबाट आएका संखुवासभाका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनी कोरोना संक्रमित तेस्रो व्यक्ति धादिङका युवकसँगै आएका थिए।

चैनपुर नगरपालिका–११ का ती युवकको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ। उनको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थ्रोट स्वाब परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए। ती युवक र उनको परिवारलाई अहिले पनि होम क्वारेनटाइनमा बस्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको प्रवक्ता श्रेष्ठले बताए। उनीहरुलाई जनप्रतिनिधिले निगरानी गरिरहेका छन्।

संखुवासभामा वैदेशिक रोजगारीबाट आएका आएको ८० जना होम क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लामा कोरोनाको सम्भावित संक्रमणलाई रोकथाम गर्न जिल्ला अस्पताल खाँदबारी र मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा १६ वेडको आइसोलेसन र १०६ बेडको क्वारेनटाइन स्थापना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.