विचार

अब गाउँलाई सिंगारौँ, शहरमा थुप्रिएर नबसौँ

पर्यावरणका लागि लकडाउन सुनौलो अवसर

चैत २२, २०७६

    दुनियाँमा सधैं दुई प्रकारका परिस्थिति हुन्छन्। एक अनुकुल परिस्थिति र अर्को प्रतिकुल  परिस्थिति। यी दुई परिस्थितिअहिले व्यक्ति व्यक्तिका लागि मात्रै होइन, समग्र प्रकृति र पर्यावरणका लागि पनि अर्थपूर्ण हुन्छन्। 

    परिस्थिति अनुकूलतामा रहे त्यसले उत्पादन बढाउने, अर्थतन्त्र वृद्धि, सृजनात्मक बनाउने , हर्ष, उमंग, आनन्द, माया-प्रेम सबै राम्रो बनाउँछ। तर, परिस्थिति प्रतिकूल हुन आए त्यसको ठ्याक्कै उल्टो उल्टो हुन पुग्छ। हामीले बुझ्दै आइरहेको नियति यही नै होला। तर यी दुई परिस्थितिबीचमा एक चिज हुन्छ, जसलाई सामान्य रुपमा कसैले बुझ्दैन। त्यो हो अवसर। प्रतिकूल समयको अनुकूल अवसर।

    यस अवसरको सहीरुपमा सदुपयोग गर्न जानिएमा उत्पादन घट्छ सँगै अर्थतन्त्र र आम्दानी ओरालो लाग्छ। सृजनात्मक्तामा कमी आयो, या हर्ष, उमंग, प्रेम, आनन्द इत्यादिमा कमी आयो भनेर चिन्तित हुन पर्ने आवश्यकता पर्ने छैन। यो विज्ञानसम्मत छ, त्यस कारण ठोकुवा गरेर भन्‍न सकिन्छ चिन्तित हुनु पर्ने आवश्यक्ता छैन। अवसरको सही सदुपयोग गर्न सकिएमा प्रतिकूल परिस्थितिबाट पनि अनुकूल लाभ लिन सकिन्छ।

    समय राम्रो होस् या खराब पाठ सिकाएको हुन्छ। खराब भन्दा खराब घटनाबाट पनि राम्रो सन्देश टिप्‍न सकिन्छ। लगभग महिनासम्म घर भित्रै बसिरहनु त्यति सहज कुरा होइन। तर यो असहज परिस्थितिमा ठूलै अवसर लुकेको छ। जसलाई बुझ्‍न सके जीवन परिवर्तनका लागि महत्वपूर्ण सम्भावना छर्लङ्ग देख्‍न सकिन्छ। जीवनमा खाली रहेका केही बिम्वहरुमा आउनुहोस्, अर्थपूर्ण सम्भावना भरौँ।    

    विश्‍वको इतिहास हर्ने हो भने मान्छेले प्रतिकूल परिस्थितिमा कयौँ युद्ध जिते, इतिहास कायम गरे, थुप्रै कृति र दर्शन निर्माण गरे। कैयौँ अरबपति बने, कयौँले जीवन सफल तुल्याए, बिग्रिरहेको घर परिवार सुधारे। प्रतिकूल परिस्थितिको अनुकूल सदुपयोग गर्न जानेएमा निराश हुनै पर्दैन। आउनुहोस् यो विषम समयको साकारात्मक सदुपयोगबारे चर्चा गरौँ। 

    व्यक्तिगत अवसर

    एकैछिन यसको प्रतिकूल असरलाई हेरौँ। मनमा डर बढिरहेको छ, कोरोना भाइरसले छोला कि भन्‍ने चिन्ता छ। आम्दानी रोकियो, उत्पादन र अर्थिक अवस्थामा कमी आउने भयो, इत्यादी। घरभित्र २४ घण्टा थुनिएर बस्दा दिमागमा आउने कुरा शायद यिनै हुन्। जति जति दिमागमा यी कुरा आहिरहन्छन् उतीउती डरको घर पनि बढ्दै जान्छ। किन? किन भने अवस्था प्रतिकूल रहँदा हामी पनि प्रतिकूल स्वभावमै रहन्छौँ।

    समय राम्रो होस् या खराब पाठ सिकाएको हुन्छ। खराब भन्दा खराब घटनाबाट पनि राम्रो सन्देश टिप्‍न सकिन्छ। लगभग महिनासम्म घर भित्रै बसिरहनु त्यति सहज कुरा होइन। तर यो असहज परिस्थितिमा ठूलै अवसर लुकेको छ। जसलाई बुझ्‍न सके जीवन परिवर्तनका लागि महत्वपूर्ण सम्भावना छर्लङ्ग देख्‍न सकिन्छ। जीवनमा खाली रहेका केही बिम्वहरुमा आउनुहोस्, अर्थपूर्ण सम्भावना भरौँ।    

    हामी जागिरे हौँ भने त्यही जागिरकै आदत बसेको हुन्छ, हामी विद्यार्थी हौँ भने पढिरहने मात्र आदत बसेको हुन्छ, हामी व्यवसायी हौँ भने व्यवसायको आदत बसेको छ। हामी एकै खालको कामको आदतले केही नयाँ प्रयोगमा आफूलाई ल्याउन सकिरहेका छैनौँ। चाहना हुँदा हुँदै पनि नयाँ प्रयोग र चिन्तनका लागि प्रशस्त समय जुटाउन सकिरहेको नहुन सक्छौँ। अब यस लकडाउनलाई हाम्रा लागि अनुकूल सदुपयोग गर्न सकिन्छ।

    मेरा एकजना प्रिय मित्र छन्, होटल व्यवसाय गर्छन्। त्यो बाहेक उनको रुची चलचित्र लेखनमा छ। उनी फुर्सदको समयमा राम्रा चलचित्र लेख्छन पनि। तर लेखनका लागि उनी एकान्त समय जुटाउनै सक्दैनन्। साथीभाइ भेटघाट र व्यवसायमा समय बितिरहन्छ। उनी मलाई भन्दै थिए, हेर्नुस् यो लकडाउनको सही सदुपयोग गर्दैछु। ६ महिना लागाएर चलचित्र लेख्थे तर अहिले १ महिनामै उत्कृष्ट सृजना तयार हुँदैछ। यो एउटा नमूना उदाहरण मात्र हो।

    जो व्यक्ति आफ्नो नोकरी व्यापार वा अन्य काममा सधैं व्यस्त छ, आफ्नो जीवनस्तर बढाउने योजना, सृजनशीलता र तयारीमा लाग्‍न सकिरहेको छैन भने यो समयलाई नै उत्कृष्ट सदुपयोग गर्न सकिन्छ। २४ सै घण्टाघर भित्र बसिरहनु सहज कुरा त पक्कै होइन तर आफ्नो जीवनमा परिवर्तन ल्याउन सक्ने कुरामा पूरा तयारी गरी झन् प्रतिभावन र क्षमतावान भएर निस्किन सक्ने समयको रुपमा यस परिस्थितिलाई सदुपयोग गर्न सकिन्छ।

    दुई दशकयताको पर्यावरणको अवस्थालाई हेर्ने हो भने प्रत्येक वर्ष जलवायु परिवर्तनले मानव जीवनलाई २ गुणाको गुणात्मक परिणाममा कष्टकर बनाइरहेको छ। यी दुई दशकमा पृथ्वीको ओजन तहदेखि लिएर मानिसलाई अत्यावश्यक हावा, पानी अन्‍न उत्पादनलाई अभौतिकरुपमा असर गर्दै आएको छ। डब्लुएचओका अनुसार जलवायु परिवर्तन र प्रदूषणको असरले संसारमा प्रत्येक वर्ष १ लाख ५० हजारको संख्यामा मर्ने मानिसको संख्या थपिँदै आएको छ।

    आफ्नो क्षेत्रसँग सम्बन्धित पुस्तकहरु अध्यन गर्न सकिन्छ, अनलाइन रिसर्चहरु गर्न सकिन्छ,  दिमागलाई नयाँ-नयाँ खोज एवम् रहस्यका विषयहरुमा प्रवेश गराउन सकिन्छ। मन पर्ने कृति, रचना एवम् पुस्तक लेख्‍न सकिन्छ। हामी अक्सर एकैखालका काम र स्वभावमा छौँ।

    आफ्नो आदतलाई परिवर्तन गर्ने प्रशस्त समय जुटेको छ। हामी शारीरिक अभ्यास गर्ने बानी छोडिरहेका छौँ, योगध्यान गर्ने बानी छैन, संगीतमा डुब्‍ने फुर्सद छैन। ज्ञानमुलक चलचित्र हेर्न पाइरहेका छैनौँ, यो समय सबै काम गर्न सक्छौँ। परिवार भित्र माया प्रेम बढाउने समयको रुपमा होस् या समाजलाई उत्प्रेरणा पस्किने। नासाका वैज्ञानिकले गरेको खोजले के पत्ता लगाएको छ भने, जुन कुरा हामी नबिराई लगातार २१ दिनसम्म गर्ने हो भने त्यो हाम्रो बानीमा परिवर्तन हुने रहेछ।

    अतः हाम्रो योग गर्ने बानी छैन, सिर्जना गर्ने लेख्‍ने बानी छैन, अध्ययन गर्ने बानी छैन भने यो समय हाम्रो स्वभावलाई सृजनात्मक बनाउने समय बन्‍ने सक्ने रहेछ। अब आफूलाई कुन दिशामा कसरी लैजाने, भविष्यमा के गर्ने कसरी गर्ने भनेर एक चित्तले योजना बनाउन सक्ने हो भने यो लकडाउनबाट बाहिर निस्किँदा हामी झनै शक्तिशाली र सृजनात्मक हुनेमा कुनै शंकै छैन।

    प्रकृति र पर्यावरणका लागि अवसर

    विगत दुई दशकयताको पर्यावरणको अवस्थालाई हेर्ने हो भने प्रत्येक वर्ष जलवायु परिवर्तनले मानव जीवनलाई २ गुणाको गुणात्मक परिणाममा कष्टकर बनाइरहेको छ। यी दुई दशकमा पृथ्वीको ओजन तहदेखि लिएर मानिसलाई अत्यावश्यक हावा, पानी अन्‍न उत्पादनलाई अभौतिकरुपमा असर गर्दै आएको छ। डब्लुएचओका अनुसार जलवायु परिवर्तन र प्रदूषणको असरले संसारमा प्रत्येक वर्ष १ लाख ५० हजारको संख्यामा मर्ने मानिसको संख्या थपिँदै आएको छ।

    यसको असरले कुनै न कुनै रुपमा हामीलाई मारिरहेको छ। पर्यावरण अनुकूल नहुँदा दिनानुदिन जीव जनावर, पशुपंक्षी मरिरहेका छन्, सर्पहरु लोप हुँदै छन्, हिमालका सतह घट्दै छन्। विज्ञहरु भन्छन्, 'पर्यावरणमा यस्तै प्रदूषण बढिरहे न मनिसको आयु पूरा रहन्छ न त पृथ्वीकै।'

    हामीले कमाएको जोगाउन सकेनौँ। हुँदा सबै खाने, नहुँदा भोकै रहने वा ऋणमा डुब्ने प्रवृत्ति धेरै को देखिन्छ। तर्सथ आपतविपदका लागि बचत गर्ने बानी बसालौँ।

    यो लकडाउन समग्र पृथ्वीकै लागि एउटा सुनौलो अवसर बनेर आएको छ। यदि पृथ्वीले केही समय आराम पायो, प्रकृतिले आफूलाई सफाइ गर्ने मौका पायो भने केही वर्षका लागि फेरि सन्तुलन कायम हुन आउने छ। अरबौं डलर खर्च गरेर पनि प्रकृतिलाई यसरी आफ्नो 'इको सिस्ट'म मिलाउन यस्तो संयोग जुटाइदिन सम्भव थिएन, जुन आज आफैँ सफल भएको छ।

    युनीभर्सीटी अफ कोलोराडोका रिसर्चरहरु भन्छन्, 'पृथ्वीको दक्षिण भागमा अवस्थित अन्टर्टिकामा बनेका ओजन लेयरका घाउ (प्वाल) हरु तीव्ररुपमा टालिँदै छ। संसारका ठूला देशका ठूला ठूला कलकारखाना बन्द छन। ठूला निर्माण रोकिएका छन्, धेरैखाले प्रदूषण घटेको छ, जसले गर्दा ओजन लेयरमा शुद्धता थपिएको छ। प्रकृतिले ठीक ठीक ढंगबाट आफ्नो दैनिकी सन्चालन गर्ने मौका पाएको छ।

    यसबाट प्रकृतिमा राम्रै बद्लाव आउने निश्‍चित छ। रिसर्चर अन्तरा बेनर्जी बताउँछिन्, 'कार्वान्डाइअक्साइडको उत्पादन भारीरुपमा घट्नाले दुनियाँभरका हावा पानीमा शुद्धता थपिने छ। सन् २००० देखि अष्ट्रेलियामा हुँदै आएको सुख्खापनामा पनि कमी आउने सम्भावना देखिएको छ। पानीका मुहान शुद्ध हुने छन्। हिमालको अभौतिक स्वरुपमा सकारात्मक परिवर्तन आउने छ, जलवायु परिवर्तनमा निकै सुधार आउने छ र यसले थप दुई दशक प्रकृतिलाई आफ्नो सिस्टममा काम गर्न सघाउ पुर्‍याउने छ।' 

    केही सिकौँ

    आफ्नो घर परिवार र स्वास्थ्य हरेक अप्ठ्यारा परिस्थितिका लागि जोगाइ राख्नुपर्ने सम्पत्तिहरु हुन्। यस माहामारीको अवस्थाबाट बुझ्‍ने कोशिस गरौँ कि मान्छेका क्रियाकलापले गर्दा प्रकृतिलाई कति समस्या परेको रहेछ। दुनियाँ नै केही हप्ता आफ्ना क्रियाकलाप रोक्दा प्रकृति कती खुशी छ।

    आज चीन किन विकसित र जीवनशैलीमा सहज छ भने तिनीहरुले गाउँलाई सुविधासम्पन्‍न बनाउन लागि लगानी गरे। प्रत्येक गाउँ शहर जस्तै विकसित भए। त्यसकारण उनीहरु गाउँ खोज्दै भागाभाग गर्दैनन्। भोलिको संकट सम्झेर गाउँमै लगानी गरौँ, शहर मात्रै थुप्रिएर डरको गुड्ँ हुन नदिऊँ। 

    हामीले प्रकृतिलाई जे दिन्छौँ, प्रकृतिले त्यही नै हामी लाई व्याजसमेत फर्काउँछ। प्रकृतिलाई आरम गर्ने मौका नदिए प्रकृतिले पनि हामीलाई आराम गर्न दिने छैन। यसलाई बुझी राखौँ। महामारी एउटा संयोग हो तर प्रत्येक दशकमा एउटा यस्तै मौका हामी रोकिएर प्रकृतिलाई सहज तुल्याउन जरुरी देखिन्छ।

    हरेक अप्ठ्यारो संयोग हाम्रो लागि नयाँ प्रयोगको लागि मौका लिएर आउँछ। त्यसको सही सदुपयोग गर्न जाने जीवन परिवर्तन या परिमार्जित गर्न गाह्रो छैन। मानिस सबै समान हुन्। जब मृत्युको भय देखा पर्छ, धनी गरिब, प्रतिष्ठित, गुमनाम सबैलाई एकै सावित गरिदिन्छ। त्यसकारण अहमतालाई छोडौँ, मान्छे भएर बाँच्न सिकौ।

    हामीले कमाएको जोगाउन सकेनौँ। हुँदा सबै खाने, नहुँदा भोकै रहने वा ऋणमा डुब्ने प्रवृत्ति धेरै को देखिन्छ। तर्सथ आपतविपदका लागि बचत गर्ने बानी बसालौँ।

    बाउबाजेले हातका छाला खियाएर नङ्रा घोटेर कमाएको सम्पत्ति शहरमा ल्याएर खन्याउने बानी परेको छ। शहरमै घर बनाउँछौ र बस्छौँ। तर जब कुनै माहामरी वा विषम परिस्थिति आउँछ त्यही गाउँ सम्झिएर भागाभाग गर्छौँ।

    आज चीन किन विकसित र जीवनशैलीमा सहज छ भने तिनीहरुले गाउँलाई सुविधासम्पन्‍न बनाउन लागि लगानी गरे। प्रत्येक गाउँ शहर जस्तै विकसित भए। त्यसकारण उनीहरु गाउँ खोज्दै भागाभाग गर्दैनन्। भोलिको संकट सम्झेर गाउँमै लगानी गरौँ, शहर मात्रै थुप्रिएर डरको गुड्ँ हुन नदिऊँ। 

    हामीलाई आजसम्म प्रत्येक विषम परिस्थितिमा साथ दिन अहोरात्र खटिएका स्वाथ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीप्रति आभारी रहनु पर्छ। भोलिका दिनमा उहाँहरुलाई पर्ने समस्याप्रति हामी जनता ऋणी भएका छौँ।

सिमोन न्यौपाने

सञ्चारकर्मी सिमोन न्यौपाने योग ध्यान प्रशिक्षक तथा मोटिभेशन स्पिकर पनि हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]