अख्तियारलाई छल्न खोजिएको जिकिर

|

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्य सामग्री खरिदको ठेक्का नेपाली सेनालाई दिने सरकारी निर्णयको कडा आलोचना गरेका छन् । भट्टराईले हतियार र गोलीले भाइरस कोरोना भाइरस नमर्ने बताउँदै सरकारी कदमलाई सरासर अनुचित भनेका हुन्। 

'भाइरस मार्ने बन्दुक र गोलीले होइन होला! अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्‍न सेनालाई अघि सारेको होला?', पूर्वअर्थमन्त्री पनि रहेका उनले सोधेका छन्,  'के वाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन्? जी टू जी विधिबाट पहिल्यै किन नल्याएको? के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको?’

ओम्‍नी समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन नसकेको भन्दै ठेक्का रद्द गरेपछि सरकारले यसको जिम्मा सेनालाई दिने निर्णय लिएको थियो। सरकारको यस निर्णयले देशमा सेना हावी हुने भन्दै चौतर्फी आलोचना सुरु भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.