काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक चैत ३० गतेका लागि सारिएको छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण गरिएको लकडाउनले यसअघि चैत २३ गते बस्नेगरी स्थगित गरिएको बैठक लकडाउनको अवधि २५ गतेसम्म थपिएपछि फेरि सारिएको हो।
संघीय संसद सचिवालयले आज सूचना जारी गर्दै सभामुखले प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गते दिनको १ बजे बस्नेगरी बोलाएको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।