|

सल्यान : शारदा नगरपालिकाले दैनिक मजदुरी गर्ने विपन्नवर्गहरुलाई खाद्यान्न वितरण गरेको छ। 

लकडाउनको बेला अत्यावश्यक वस्तु जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरी परिवार चलाइरहेका, निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरी खाद्यान्न वितरण गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताए। उनका अनुसार खाद्यान्नमा दाल, चामल, नुन,  तेल र सरसफाइका लागी साबुन वितरण गरिएको छ।

नगरपालिकाले पहिलो चरणमा ११० जनालाई राहत वितरण गरेको जनाएको छ। वडा नम्बर ४ मा २० जना, वडा नम्बर १ मा १९ जना र वडा नम्बर २ मा ७१  जनालाई वितरण गरिएको छ। उक्त राहतले १५ दिन पुग्ने नगरपालिकाले बताएको छ।

नगरपालिकाका अनुसार अन्य वडाको विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने व्यक्तिहरुको लगत संकलन भैरहेको र संख्या यकिन भएपछि राहत वितरण गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.