|

कोरोना भाइरसको महामारीका कारण फिफा यू–१७ महिला विश्वकप २०२० स्थगित भएको छ। भारतको ५ स्थानमा २ नोभेम्बरदेखि २१ नोभेम्बरसम्म आयोजनाको मिति तोकिएको थियो। प्रतियोगिताको नयाँ मिति पछि तय हुने फिफाले एक विज्ञप्तिमा भनेको छ।

१६ टिम सहभागी हुने प्रतियोगितामा आयोजक भारतबाहेक एसियाबाट २०१४ को संस्करण विजेता जापान तथा २००८ र २०१६ विजेता उत्तर कोरिया सहभागी हुने तय भएको छ। अन्य टोलीको टुंगो लागेको छैन। कोभिड–१९ को प्रकोपका कारण भारतमा ८६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ५९ संक्रमित छन्। विश्वव्यापीरूपमा मर्नेको संख्या करिब ५९ हजार पुगेको छ।

महिला विश्वकप भारतको मुम्वई, गुवाहाटी, अहमदाबाद, कोलकत्ता र भुवनेश्वरमा खेल्ने तय भएको थियो। फुटबल प्रतियोगिता स्थगित गर्ने निर्णय फिफा कन्फेडेरेस समूहले गरेको थियो। यू–१७ महिला विश्वकपको अतिरिक्त फिफा अन्डर–२० महिला विश्वकप पनि स्थगित भएको छ। जुन प्रतियोगिता अगष्ट र सेप्टेम्बरको बिचमा पानामा र कोष्टारिकामा आयोजना हुने तय भएको थियो।

यसअघि युईएफए अन्‍तर्गतका सबै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आगामी जुनसम्मको लागि स्थगित गरेको थियो। र च्याम्पियन्स लिग र युरोपा लिगलाई अर्को सूचना नभएसम्म स्थगित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.