|

चितवन : कोरोना भाइरस ९कोभिड –१९ ० को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहदैनन्। सो जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले वढी सजग हुन सुझाव दिएका छन्। 

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताउँछन्‌। उनले भने 'गत वर्षहरुमा यो समयमा करिव २० जना हृदयरोगका विरामी उपचारका लागि आउने तथ्याङ्क छ। तर अहिले दुई जना पनि आउँदैनन्।' टेलिफोन गरेर सोधपुछ गर्ने भए पनि रोग पालेर बसेका छन् की भन्ने चिन्ता हुन थालेको डा अधिकारीको भनाई छ। 

उनले घरमानै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक सम्भावित जटिल हुन सक्ने खालका विरामीलाई अस्पताल आउन आग्रह गरे। डा अधिकारीले भने 'अस्पताल आउनै पर्ने विरामीले डर मान्नुपर्दैन। उच्च जोखिमका रोग पालेर बस्नु हुँदैन। '

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार गएको आठ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा ३ हजार ८२९ जना विभिन्न रोगका विरामीले सेवा लिएका थिए। ती मध्ये ८५० जना ज्वरोका र ६२ जना रुघाखोकीका रहेका थिए। गतवर्ष यतिवेला जिल्लाका अस्पतालहरुमा ७ हजार भन्दा बढि विरामीले सेवा लिएका थिए।

जिल्लामा केन्द्रीयस्तरको भरतपुर अस्पताल, २ नीजि मेडिकल कलेज, २० नीजि अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायिक इकाई रहेका छन्। प्रमुख तिवारीले घरबाटै चिकित्सक तथा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने काम भइरहेको र अस्पताल आउँन डर मानेर पनि विरामी नआएको हुन सक्ने बताउँछन्‌। 

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल गतबर्ष यस समयमा दैनिक दैनिक १ हजार ५ सय भन्दा वढि विरामी आउने गरेको भए पनि शुक्रबार १५० जना बिरामी मात्र आएको बताउँछन्‌। त्यति नै सङ्ख्यामा बिरामी आउने चितवन मेडिकल कलेजमा शुक्रबार करिव एकसय जना मात्र विरामीले सेवा लिएका थिए।

कलेजका निर्देशक डा. दयाराम लम्सालले चिकित्सकले सेवा जारी राखेको जानकारी दिँदै लकडाउन पछि त विरामी नै आउन छाडेको बताउँछन्‌। उहाँ जटिल रोगका बिरामीलाई घरमा नै रोग पालेर नबस्न आग्रह गर्नुहुन्छ। 

भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेले चिकित्सकले आफ्नो सेवा निरन्तर जारी राखेको बताउँछन्‌। टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्कसँग आउन उनले आग्रह गरे। 

नेपाल चिकित्सक सङघ चितवनका अध्यक्ष एवम् बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा पुराना रोगहरु मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम जस्ता समस्यामा सम्बन्धित चिकित्सकसँग परामर्श गरेर औषधि प्रयोग गर्न सुझाब दिन्छन्‌। दम बढ्यो, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने बताउँछन्‌।

ज्वरो कोरोनाका कारण मात्र नभए डेंगु, मलेरीया, स्क्रबटाईफस, हेपाटाईटिस जस्ता कारणले पनि हुने भएकाले कारणको खोजL गर्नुपर्ने उनको भनाई छ। 
नेपाल पत्रकार महासङघका अध्यक्ष राधेश्याम खतिवडा भ्रमका कारण जोखिम बढेको बताउँछन्‌।

‘बाहिर सर्बसाधारणमा चिकित्सकले बिरामी छुँदैनन्, अस्पतालले भर्ना लिदैनन् र ढोकाबाटै फर्काउँदछन्’ भन्ने हल्लाका कारण विरामी अस्पताल नआउने गरेको उनको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.