|

एजेन्सी : अस्ट्रेलियाले चीनको मासु बजारका कारण विश्‍वभर कोरोना भाइरसको महामारी आएको दाबी गरेको छ। विश्‍वभर करिब ६० हजार मानिसले ज्यान गुमाइसकेको अवस्थामा अस्ट्रेलियाले चीनमाथि गम्भीर आरोप लागएको हो। 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार एक टिभी समाचार च्यानललाई दिएको अन्तरवार्तामा कोरोना भाइरसको संक्रमणपछाडि चीनको मासु बजारको हात रहेको दाबी गरेका हुन्। 

उनले विश्‍व स्वास्थ्य संगठन (डब्ल्लयूएचओ) र संयुक्त राष्ट्र संघलाई चीनको मासु बजारविरुद्ध कारवाही गर्न अपिल गरेका छन्। उनले चीनको यो मासु बजार विश्‍वका अन्य देशका मानिसका लागि गम्भीर खतरा बनेको छ।

समाचार अनुसार सन् २०१९ डिसेम्बर ३० तारिखबाट चीनको वुहानबाट कोरोना फैलिएको थियो। कोरोना बजारको मूलथलो चीनको अवैध पशु बजारलाई मानिएको छ।

चीनमा कोरोना भाइरसबाट मर्नेहरुका लागि शनिवार तीन मिनेटको मौन समय राखेको थियो। यस क्रममा पूरे देशमा राष्ट्रिय झण्डा आधा झुकाएर राखिएको थियो। देशमा यस महामारीबाट करिब ३ हजार ३ सय मानिसको ज्यान गएको थियो। 

स्थानीय समय अनुसार १० बजे (नेपाली समय अनुसार ८.४५ बजे बिहान) देशभरमा मौन अवधि तोकिएको हो। चीनमा कोरोना पहिलो केस डिसेम्बर ३० तारिखमा वुहान सहरमा देखिएको थियो। 

कोरोना भाइरसबाट विश्‍भरमा ५९ हजार २६१ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या ११ लाख २० हजार २५५ पुगिसेको छ। अहिलसम्म निको हुनेको संख्या दुई लाख २८ हजार ४०५ छ। अहिले अमेरिकामा तीव्रगतिमा मानिस मर्ने क्रम देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.