सीमा क्षेत्रबाट छिर्न खोज्‍ने तीन जना नियन्त्रणमा

|

कञ्‍चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरले आफूखुसी राहत वितरण गरे कारबाही गरिने बताएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रशासन र स्थानीय तहको अनुमतिबिना केही व्यक्ति तथा संस्थाले राहत वितरण गरेको गुनासो आएपछि जिल्ला प्रशासनले यस्तो निर्णय गरेको हो। 

राहत प्रणालीलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्न प्रशासनले अनुरोध गरेको छ। आफूखुसी राहत वितरण गर्ने जोकोहीलाई प्रशासनले नियन्त्रणमा लिई राहत सामग्र्री पालिकाको जिम्मा लगाई कानुनबमोजिम कारबाही गर्ने जनाइएको छ। 

जापानी नागरिकसहित आठ जना सुरक्षित गन्तव्यमा पुर्‍याइने

कञ्‍चनपुरमा अलपत्र परेका जापानी नागरिकसहित आठ जनालाई शनिबार सुरक्षित गन्तव्यमा जाने व्यवस्था गरिएको छ। लकडाउनका कारण अलपत्र परेका आठ जनालाई जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरको पहलमा सुरक्षित गन्तव्यमा जाने व्यवस्था गरिएको हो। ती आठै जनालाई काठमाडौं जाने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कल्पना भट्टले बताइन्। 

सीमा क्षेत्रबाट छिर्न खोज्‍ने तीन जना नियन्त्रणमा 

लकडाउनको उल्लंघन गरी भारतबाट फर्केका सीमा क्षेत्रबाट नेपाल छिर्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरु तीनै जनालाई भीमदत्त नगरस्थित क्वारेन्टाइनमा राखिएको छ। कञ्‍चनपुर जिल्लामा ७० जना नेपाली र २९ जना भारतीय प्रशासनले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ।

बेलौरी नगरपालिकाद्वारा अत्यावश्यक वस्तुको मूल्य निर्धारण 

कञ्‍चनपुरको बेलौरी नगरपालिकाले कालोबजारी नियन्त्रण गर्न तरकारीलगायत उपभोग्य वस्तुको मूल्य निर्धारण गरेको छ। कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन गरिएको बेला आम उपभोक्तालाई सहज रुपमा सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। नगर प्रमुख पोतिलाल चौधरीको अध्यक्षतामा स्थानीय व्यवसायी, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन एवं समाजसेवीको उपस्थितिमा अत्यावश्यक उपभोग्य बस्तुको वितरण सहज बनाउन मूल्य निर्धारण गरिएको जनाइएको छ। निर्धारित मूल्य आइतबारदेखि लागु हुनेछ। बिहान ११ बजेदेखि १ बजेसम्म अत्यावश्यक वस्तुका पसलहरु खुल्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.