|

काठमाडौं : कोभिड–१९ संक्रमण पुष्टि भएका नौमध्ये पाँच यात्रुसँग अन्तर्राष्ट्रिय र आन्तरिक उडानमासँगै यात्रा गरेका ५ सय ८८ मध्ये एक सय जना यात्रु अझै प्रहरी प्रशासनको सम्पर्क बाहिर छन्।

उनीहरू कहाँ छन् भन्ने सूचना प्रहरीले अझै पाएको छैन। संक्रमित हुनेकोसंख्या ६ बाट एकैचोटि ९ पुगेसँगै संक्रमितहरूसँगै यात्रा गरका ती यात्रुहरू कोे थिए र उनीहरू कहाँ छन् भन्ने खोजी अब अझ टड्कारो बनेको छ।

गत चैत ७ मा दुबईबाट दिल्ली हुँदै काठमाडौं आएर धनगढीस्थित घर पुगेका संक्रमित युवाकै भाउजूमा शनिबार संक्रमण पुष्टि भएपछि र संक्रमण पुष्टि भएका सबैको प्रत्यक्ष सम्पर्कमा र हेकाहरूको खोजी अपरिहार्य बनेको हो भन्ने खबर कान्तिपुर  दैनिकमा छ। हालसम्म पुष्टि भएका नौ संक्रमितमध्ये ६ जना चार फरक–फरक अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आएको देखिन्छ। शनिबार पुष्टि भएका दुई जना स् थलमार्गबाट कैलालीको गौरीफन्टा नाका हुँदै घर पुगेको देखिन्छ भने एक जना स्थानीय रहेको देखिन्छ।

गत पुस २४ मा चीनको वुहानबाट काठमाडौं आएका पहिलो संक्रमितबाहेक अन्य पा“च यात्रु तीन फरक– फरक विमानमार्फत नेपाल आएका थिए। ती तीन विमानमा सवार जम्मा ४ सय ५८ मध्ये ३ सय ९६ यात्रु सम्पर्कमा आए पनि अझै ६२ यात्रु कहाँ छन् भन्नेबार प्रहरेीले सूचना पाइसकेको छैन। प्रहरी परिसर काठमाडौंका अनुसार संक्रमितसँगै तीन विमानमा आएका २ सय १७ यात्रु त काठमाडौंमै भेटिएका थिए। परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले भने, ‘काठमाडौंमा भेटिएका सबैलाई हामीले क्वारन्टाइनमा बस्न भनेका थियौं। कति यतै बस्नुभयो। कतिपय भने आफ्नै गाउँठाउँमा गएर बस्नुभयो होला।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.