|
फाइल फाेटाे

काठमाडौं : सुदूरपश्चिम प्रदेशले थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि थप सतर्कता अपनाएको छ। 

कैलाली र कञ्चनपुरमा दुई पुरुषसहित एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएपछि मुख्यमन्त्रीको अध्यक्षतामा गठित प्रदेशस्तरीय कोरोना भाइरस नियन्त्रण व्‍यवस्थापन तथा समन्वय निर्देशक समितिले कारोना थप फैलन नदिन विशेष सतर्कता अपनाएको हो। 

शनिबार बसेको समितिको बैठकले विभिन्न ९ वटा निर्णय गर्दै कोरोना भाइरस नियन्त्रण गर्न कुनै कसुर बाँकी नराख्ने जनाएको छ। समितिको निर्णयअनुसार अब बिरामीको वर्गीकरण गरेर उपचार गरिने प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए। 

उनकाअनुसार अब साधारण बिरामीलाई जिल्ला अस्पतालहरुमा, जटिल अवस्थाका बिरामीलाई डडेल्धुरा अस्पतालमा र आइसियुमा राख्नुपर्ने अवस्थाका बिरामीलाई सेती प्रादेशिक अस्पतालमा उपचार गरिनेछ।

त्यस्तै, प्रदेश सरकारले स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी लगायतसँग समन्वय गरेर भारतबाट आएका नागरिकहरुलाई चेकजाँच गर्ने, क्वारेन्टाइनमा राख्ने र निगरानीमा राख्ने काम गरिरहेको उनले बताए। 

धेरै संख्याका नेपाली पछिल्लो दुई सातायता नेपाल फर्किएकाले उनीहरूको कोरोना परीक्षण गर्न डोटी र बैतडिमा पनि नमुना परीक्षण थाल्ने गरी प्रकृया अघि बढेको प्रवक्ता शाहले जानकारी दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.