सल्यान : कोरोना भाइरस (कोभिड १९)को संक्रमण कम गर्न वनगाड कुपिण्डे नगरपालिकाले कीटनाशक औषधि छर्किएको छ।
नगरपालिकाले विभिन्न वडामा कीटनाशक औषपध छर्किएको हो। पाँच जिल्लासँग सीमा जोडिएकाले नगरपालिकामा कोरोनाको जोखिम पनि धेरै भएका कारण कीटनाशक छर्किएको नगरपालिका प्रमुख गोविन्दकुमार पुनले बताए।
नगरपालिकाले देवस्थल, सल्लीबजार, च्युरा, नाथेखोला, सुनौली बजार, बालुवा संग्रही, ढोरपिपललगायतका सर्वसाधरणको चहलपहल बढी हुने स्थानमा क्लोरिन पाउडर छर्किएको उपप्रमुख मञ्जु यरीले जानकारी दिइन्। फोहोर र विभिन्न खाले किटाणु नियन्त्रण गर्न कीटनाशकले सहयोग पुग्ने उनको भनाइ छ।
नगरपालिकाले स्थानीयको घर घरमै पुगेर कोरोना भाइरसबारे जनचेतना दिँदै आइरहेको छ। अहिलेसम्म नगरपालिकाका कुनै पनि शंकास्पद बिरामी फेला नपरेको नगरपालिकाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।