शंकास्पद सबैलाई क्‍वारेन्टाइनमा राखेका छौं : मन्त्री शाह

|
फाइल तस्बिर

काठमाडौंः कारोना भाइरस (कोभिड-१९) को संन्त्रास सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका विभिन्‍न नाका भएर ठूलो संख्याका नेपाली भारतबाट फर्किएका छन्।

पछिल्लो २५ दिनयता मात्रै सुदूरपश्‍चिम प्रदेशका विभिन्‍न नाका हुदैँ कामका शिलसिलामा भारत गएका करिब डेढ लाख नेपाली स्वदेश फर्किएका हुन्। 

सुदूरपश्‍चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सरकारले लकडाउन घोषणा गर्नुअघि र पछि एक लाख ४३ हजार नागरिक फर्किएको तथ्याङ्क प्रदेश सरकारसँग रहेको जानकारी दिए । 'तर उनीहरु सबै सुदुरपश्‍चिमका नागरिक मात्रै होइनन्', उनले भने। 

भारतबाट आएकाहरुमा कोरोना भाइरसको संक्रमण भेटिन थालेका बेला प्रदेश सरकारका प्रवक्तासमेत रहेका शाहले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन्। 

उनले थाहा खबरसँग कुरा गर्दै भने, 'एक लाख ४३ हजारलाई नै क्‍वारेन्टाइनमा राख्‍न सम्भव थिएन। तर हामीले जो शंकास्पद ब्यक्ति थिए, जसलाई लक्षण देखिएको थियो, उनीहरुलाई क्‍वारेन्टाइनमा राखेर निगरानीमा गरिरहेका छौँ।' 

उनले थपे, 'खासगरी पछिल्लो पटक यही चैत ११ गते गौरीफन्टा नाकाबाट र १४ गते महाकाली नदीबाट ट्युबमा आएका मानिसहरुमा कोरोना भाइरसको संक्रमण रहेको हुनसक्ने अनुमान गरिएको छ।' संक्रमण फैलन नदिन उनीहरुलाई सशस्त्र प्रहरी बल कञ्चनपुरले नियन्त्रणमा लिएर विभिन्‍न क्‍वारेन्टाइनमा राखेको छ ।  

'हामीले सिमानाकाबाट प्रवेश गर्दा नै स्वास्थ्य परीक्षण गरेका हौंँ, त्यहाँ लक्षण देखिएकालाई क्‍वारेन्टाइनमा राख्‍ने व्यवस्था गरेका थियौँ', उनले भने, '११ गते र १४ गते आएका दुई पुरुषमा कोरोना देखिएको छ। कैलालीकी एक महिला भने यसअघि दुबईबाट आएका संक्रमितको नजिक रहँदा सरेको हुनुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.