राजनीति

महामारी विरुद्धको लडाइँमा सर्वदलीय संयन्‍त्र बनाऔँ : राप्रपा अध्यक्ष राणा

फाइल फोटो
चैत २३, २०७६

    काठमाडौं : कोरोना महामारी विरुद्धको लडाइँमा राष्ट्रलाई एकजुट गर्न सर्वदलीय संयन्त्र उपयुक्त हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले बताएका छन्।

    बन्दाबन्दीको चरणलाई सरकारले अन्तिम सफलताको रुपमा परिभाषा गरे गम्भीर भूल हुने अध्यक्ष राणाको भनाइ छ। दोस्रो चरणको संक्रमण दृष्टिगत गर्दै संवेदनशील क्षेत्रमा विशेष जोड दिएर परीक्षणको क्रम व्यापक बनाउनुपर्ने उनको सुझाव छ।

    आइतबार ट्वीट गर्दै उनले भने, ‘कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ। बन्दाबन्दी नै अन्तिम सफलता भन्ने भावमा रमाए गम्भीर भूल हुनेछ। पूर्वतयारी गरौं, परीक्षण व्यापक बनाऔं। संकटको घडीमा राष्ट्र नै एकजुट भएर महामारीविरुद्ध लड्नुपर्ने बाध्यता छ। आमजनतालाई एकाकार गर्न सर्वदलीय संयन्त्र उपयुक्त माध्यम हुनेछ।’

    मातृभूमि फिर्ता आएका धेरैले स्वास्थ्य प्रोटोकल पूरा नगर्दाको जोखिमतर्फ ध्यानाकर्षण गराउदै राणाले दुर्गम क्षेत्रहरूको चुनौति सम्बोधन गर्न स्थानीय तथा प्रान्तीय संरचनालाई क्रियाशील तुल्याउनु पर्ने माग गरेका छन्।

    ‘सीमा बन्द हुनुभन्दा अगावै देश फर्किएका धेरै नेपालीहरु कुनै स्वास्थ्य जाँच नगरी वा क्वारेन्टाइनमा नबसी गाउँ–गाउँ पुगेका छन्। ती व्यक्तिमा कोरोना संक्रमणको लक्षण देखा परे स्थानीय सरकारमार्फत प्रान्तीय स्वास्थ्य मन्त्रालय पठाउने र उपचार गर्ने प्रणाली व्यवस्थित गर्न जरुरी भएको छ।’

    राणाले आपतकालीन उपचार नगरी विरामी फिर्ता पठाउने नीजि अस्पताललाई सख्त कारवाही गर्नु पर्नेमा जोड दिएका छन्। सेवाग्राही जनताका लागि सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरु सदैव खुला रहने सरकारले सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

    चूनौतिका बाबजुद पेशागत धर्म निर्वाह गर्ने स्वास्थ्यकर्मीप्रति आभार प्रकट गर्दै राणाले भने, ‘अग्रपंक्तिमा लड्ने सबै स्वास्थ्यकर्मीलाई प्रशंसनीय सेवाका लागि मूरी मूरी धन्यवाद दिन्छु।’

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]