|

बागलुङ : कोरोना भाइरसका नवौं संक्रमित कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरक्षसँगै नेपाल आएका बागलुङका ८ युवामध्ये ४ जना बरेङ गाउँपालिकाले बनाएको ‘नयाँबजार क्वारेन्टाइनमा’ रहेका छन्। उनीहरू मध्ये बाँकी चारजना रुपन्देहीको बास्गडीमा छन्।

कञ्चलपुरका युवामा शनिबार कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगै ४८ घण्टासम्म सँगै बसेर नेपाल भित्रिएकाहरूको खोजी सुरु भएको थियो। उनीसँगै आएका बागलुङ बरेङ गाउँपालिका स्थायी घर भइ बाँसगडी रुपन्देही बस्ने चारजना र बरेङ गाउँपालिकामा नै बस्ने चारजना रहेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

बुटवलको बाटो हुँदै बरेङ आइपुगेका चारैजना युवा एकहप्ता अघिदेखि नै बरेङ गाउँपालिकाले बरेङ ३ नयाँबजारमा बनाएको जनता प्राविको क्वारेन्टाइनमा राखिएको छ। अध्यक्ष शर्माले बाँसगडीमा रहेका युवा पनि क्वारेन्टाइनमा नै रहेको जानकारी प्राप्त भएको बताए।

कञ्चनपुरका युवामा संक्रमण देखिएपछि सोधखोजी गर्दा ४८ घण्टा सिमानामा कुरेर नेपाल आएको क्वारेन्टाइन रहेका युवाले बताएका छन्। ‘उनीहरू त्यहाँ दुई दिन बिताएर नेपाल पसेको भनेका छन्’ अध्यक्ष शर्माले भने, ‘आइतबार बिहानै मैले उनीहरूको यात्राको सबै जानकारी लिने प्रयास गरेको छु।’

नेपाल आएपछि बागलुङ भित्रिएको जानकारी पाए लगत्तै गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो। बाँसगडी र नयाँबजारमा रहेका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष शर्माले बताए।

क्वारेन्टाइनमा रहेका युवाले आफूहरू निकै दुःखकासाथ आफ्नै गाउँमा आइपुगेको टेलिफोनमा बताए। उनीहरू रोजगारीका लागि भारतको उत्तराखण्डमा थिए। त्यहाँ पनि कोरोनाको संक्रमण बढ्दै गएपछि आफ्नै ठाउँमा जाने भनेर नेपाल आएको उनीहरूले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.