|

सल्यान : जिल्लाको बागचौर नगरपालिकाले कोरोना भाइरसविरुद्ध दुई करोडको राहत कोष खडा गरेको छ। आइसोलेसन, क्वारेनटाइन निर्माण र कुनै शंकास्पद व्यक्ति फेला परेमा उपचारका लागि भन्दै नगरपालिकाले दुई करोडको राहत कोष  खडा गरेको हो। 

कोरोना भाइरस रोकथाम, उद्दार तथा राहत कोषमा नगरपालिकाले दुई करोडको राहत कोष निर्माण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले बताए। कोषमा नगरप्रमुखले एक वर्षको सेवा सुविधाको ४ लाख ५० हजार, उपप्रमुखको सेवा सुविधाको ३० हजार, वडा अध्यक्षहरूले एक महिनाको ३० हजार, कार्यापालिका सदस्यहरूको एक महिनाको ११ हजार वडा सदस्यहरूको एक महिनाको सेवा सुविधाका ६ हजार जम्मा गरिनेको उनको भनाई छ।  

स्वास्थ्यका कर्मचारी र चालकबाहेक अन्य सम्पूर्ण शिक्षक र कर्मचारीले पनि एक महिनाको तलव जम्मा गर्ने निर्णय भएको प्रमुख बुढाथोकीले बताए। नगरपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट एक करोड रकम संकलन हुने अनुमान गरिएको छ। 

नगरस्तरीय कोरोना रोकथाम समन्वय समितिको वैठ्कले प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा ५ वेडको आइसोलेसन निर्माण गर्ने र जनकल्याण क्याम्पसमा २५ वेडको क्वारेनटाइन, निर्माण गर्ने निर्णय समेत गरेको नगरप्रमुख बुढाथोकीले बताए।

यस्तै क्वारेनटाइन र आइसोलेसन व्यवस्थापनका लागि थप स्वास्थ्यकर्मी भर्ना गर्ने निर्णय समेत गरेको उनको भनाई छ। यस्तै दार्मा गाउँपालिकाले ८६ लाख कोष स्थापना गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.