सोमबारदेखि सातै प्रदेशमा प्रयोगशाला

|

काठमाडौं : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र परिसरको क्‍वारेन्टाइनमा राखिएका सबै ९४ जनामा कोभिड-१९ नेगेटिभ देखिएको छ। 

विभिन्‍न देशबाट आएकाहरूको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्। 

मन्त्रालयले सिल्क लगायत विभिन्‍न एयरलाइन्सबाट नेपाल क्‍वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ हो। 

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले भने, 'खरिपाटीको क्‍वारेन्टाइनमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नुमना परीक्षण नेगेटिभ आएको छ।'

सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको क्‍वारेन्टाइनमा राखिएको थियो।  

१५२९ नमूना परीक्षण

डाक्टर देवकोटाले आइतबारसम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको बताए। उनले  र काठमाडौं र उपत्यका बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि परीक्षण भइरहेको बताए। 

उनले चितवनमा नमूना परीक्षण टेष्टको काम भइरहेको र बुटबलमा सोमबारदेखि सुरु हुने बताए । काठमाडौंमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा रहेका पनि उनले जानकारी दिए। 

मन्त्रालयको मोबाइल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरु ८ हजार ९७ पुगेका छन्। आइतबार मात्रै १ हजार ८ सय १२ जनाले व्यक्तिगत विवरण भरेकोमा तीमध्ये २४ वटा विवरण रेड जोनमा परेका उनले बताए।  योसँगै रेड जोनमा रहेकाको संख्या १ सय ५० पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.