|

काठमाडौंः सरकारले कोरोना भाइरसको जोखिम तेस्रो चरणमा प्रवेश गर्न नदिन मापदण्डअनुसार क्‍वारेन्टाइनमै बसीदिन आग्रह गरेको छ।

बाहिरी देशबाट आएका ब्यक्तिले नजिकका ब्यक्ति अर्थात स्थानीयमा सारेको अवस्थालाई कोरोना दोस्रो चरणमा पुगेको भनिन्छ। 

विश्‍व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसार दुबईबाट आएका युवकले नेपालमै बस्दै आएकी महिलालाई सारिदिएपछि नेपालमा कोरोना दोस्रो चरणमा पुगेको हो। 

दोस्रो चरण थप बढ्न नदिन र समुदायमा संक्रमण फैलन नदि क्‍वारेन्टाइनको बस्नुको विकल्प नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले बताएका छन्। 

मन्त्रालयमा आइतवार आयोजित नियमित पत्रकारसम्मेलनमा प्रवक्ता देवकोटाले भने, ‘बाहिरबाट आएका संक्रमित व्यक्तिले क्‍वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने विषयलाई गम्भीर रुपमा पालना गर्नुहोला’, उनले थपे, 'परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बनिदिनुहोला।’ 

नेपाल दोस्रो चरणमा प्रवेश गर्नुले क्‍वारेन्टाइनमा बस्‍न कत्तिको जरुरी छ भन्‍ने देखाएको छ, उनले भने, 'अब तेस्रो चरण प्रवेश गर्न नदिन क्‍वारेन्टाइनमा बस्‍नुको विकल्प छैन। ' 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.