|

मोरङ : रतुवामाई नगरपालीकाले कोभिड-१९ को रोकथाम, उपचार र प्रतिरक्षाका लागि स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम विपद् कोषमा निजी तथा आवासीय विद्यालयहरुको सङ्गठन रतुवामाई प्याब्सनका १७ ओटा विद्यालयले सहयोग गरेका छन्। 

उनीहरुले  एकमुष्ट रुपमा ६५ हजार ५ सय ५५ रुपैयाँ नगरपालिकाको राहत कोषमा जम्मा गराएका हुन्।  'मानवताको सेवा जीवनको सर्बोतमकार्य हो' भन्‍ने कुरालाई आत्मासाथ गर्दै सहयोग गरिएको हो।

शिक्षा सँगसगै सामाजिक उत्तरदावित्वमा पनि प्रतिवद्ध रहेको सन्देशसहित सहयोग गरिएको रतुवामाई प्याब्सन अध्यक्ष विश्वास ढकालले जानकारी दिए। सहयोग प्राप्त भएपछि रतुवामाईका मेयर रबिन राईले विपदको घडीमा सहयोगको उच्च मूल्यांकन हुने उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.