|

बर्दिया : कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै भारतबाट फर्किएका १२ जना युवकलाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको ठाकुरबाबा नगरपालिकाका आठ जना र  बढैयाताल गाउँपालिकाका चार जना युवालाई ठाक्वारेन्टाइनमा राखिएको नगरका प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिएका छन्‌। 

ठाकुरबाबाका आठ युवालाई स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ भने बढैयाताल ९ का चार जनालाई गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा ल्याइएको हो। उनीहरू यसअघि होम क्वारेन्टाइनमा बसेका थिए। 

हजारको भीडबाट नेपाल छिरेका थिए कैलालीका कोरोना संक्रमित युवक

चैत ११ गते नेपाल प्रवेश गर्नु पाउनुपर्ने माग गर्दै गौरीफन्टामा उत्रिएको भीडमा बर्दियाका यी युवाहरू पनि सहभागी रहेको पाइएको र उनीहरू चैत १२ गते नेपाल भित्रिएर आफ्नो पालिकामा चैत १७ गते पुगेको पाइएको छ।

अहिले सबैजना क्वारेन्टाइनमा रहेकाले नआत्तिन, तर सावधानी अपनाउन ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले सबैलाई आग्रह गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.