|

काठमाडौं : आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकर कोरोना भाइरसको सङ्कटसँग लड्न मेडिकल पेशामा पुनः फर्किने भएछन्। 

भारतीय मूलका लियो राजनीतिमा सक्रिय हुनुअघि चिकित्सक थिए। उनी एक हप्ता आयरल्याण्डको चिकित्सक पेशामा काम गर्ने आयरल्याण्डको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

आयरल्याण्डको समाचार संस्था आइरिस टाइम्सकाअनुसार वराडकरले स्वास्थ्य क्षेत्रमा काम गर्ने इच्छा अनुसार नै उनलाई अनुमती दिइएको जनाएको छ। कोरोना भाइरसविरुद्ध विश्व नै आक्रान्त भइरहेको बेला वराडकरको मद्दतले केही राहत हुने आइरिस समाचारसंस्थाहरुले जनाएका छन्। ४१ वर्षीय प्रधानमन्त्री सात वर्ष स्वास्थ्य सेवामा कार्यरत थिए। उनको परिवार नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ। 

सन् २०१७ मा आयरल्याण्डको प्रधानमन्त्री बनेका वराडकरको स्वास्थ्य क्षेत्रको प्रवेशले त्यहाँका स्वास्थ्यकर्मीको मनोबल बढ्ने अपेक्षा लिइएको छ।  कोरोना भाइरसका कारण आयरल्याण्डमा १ सय ४९ जनाको मृत्यु भएको छ भने करिब पाँच हजार संक्रमित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.