|

बेलायतकी महारानी एलिजाबेथले राष्ट्रका नाममा सम्बोधन गरेकी छन्। 

महारानीले दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिएकी छन्।  उनले गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके सफल हुने बताएकी छन्।  उनले प्रत्येक घण्टा काम गरेर सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्‍याउने अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिइन्।

आफ्नो सम्बोधनमा महारानीले नियम मानेर घरमै बसिरहेका सबैले जोखिममा रहेकालाई जोगाउन सहयोग गरेको र आफन्त गुमाएर पीडामा रहेका परिवारसँग सहानुभूति भएको बताइन्।

'मिलेर हामी यो रोगसँग सङ्घर्ष गरिरहेका छौँ र म फेरि के आश्वस्त पार्न चाहन्छु भने हामी एकबद्ध र दृढ भयौँ भने हामीले यसलाई पार लगाउनेछौँ ' उनले भनिन्।उनले आत्मानुशासन र सङ्कल्पमा जोड दिँदै आफूले भविष्यमा यो चुनौती कसरी सामना गरेका थियौँ भन्नेमा सबैले गर्व अनुभूति गर्नेू पनि बताइन्।

कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि अलग्गै बसेका प्रिन्स अफ वेल्स चार्ल्स बाहिर निस्किएको एक साता पनि नहुँदै महारानीको यो सम्बोधन आएको हो मध्यमखालका लक्षणसहित सङ्क्रमण भएको पुष्टि भएपछि ७१ वर्षीय राजकुमार चार्ल्स सात दिनका लागि स्कटल्यान्डमा क्वारेन्टाइनमा बसेका थिए। 

यूकेमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,९३४ पुगेका छन् भने ४७ हजार भन्दा बढी संक्रमित भएका छन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.