|

काठमाडौं : लकडाउन यस्तो अवस्था हो : जतिबेला कुनै आपद्‌ या संकटले घेरिरहेको हुन्छ र त्यसबाट जोगिन मानिस घरभित्रै बस्‍नुपर्छ। नागरिकको जीवनरक्षाका लागि राज्यले नै यस्तो आग्रह र निर्देश जारी गरेको हुन्छ। 

यतिखेर कोरोना (कोभिड-१९) भाइरसका कारण विश्वभर महामारीको अवस्था छ। मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसका कारण संसारकै अतिसम्पन्‍न भनिएका देशहरू समेत त्राहिमाम बनेका छन्‌। यो भाइरसको संक्रमणबाट अहिलेसम्म ८२ हजार जनाले ज्यान गुमाइसकेका छन्‌। १४ लाखभन्दा बढी मानिसहरू संक्रमित भएका छन्‌। 

नेपालमा पनि यतिखेर संक्रमित भेटिने क्रम जारी छ। विदेशमा रहेका झण्डै एकदर्जन नेपालीको कोरोना संक्रमणकै कारण ज्यान गइसकेको छ। लगातार तेस्रो साता लकडाउन कार्यान्वयन भइरहँदा अधिकांश मानिसहरू अत्यावश्यक काम पर्दा बाहेक घरभित्रै बसिरहेका छन्‌। 

लकडाउन अर्थात आपतकालिन स्थितिमा जहाँ बसिएको छ : त्यही बस्ने भन्ने हो। यस्तो बेलामा भीडभाड र हुलबाट टाढा बस्नु, अत्यावश्यक बाहेकका काममा मनलाग्दी निस्कनु भनेको जोखिमलाई सुपाडी दिएर निम्तो गर्नुजस्तै हो।

संसारभर मानवीय हताहति बढ्दै जाँदा मानिसहरु थप सगज हुनुपर्ने हो। तर लकडाउनको दिनहुँजसो संघीय राजधानी काठमाडौंमै केही मानिसहरूले लकडाउनको प्रवाह नगरी तमासा देखाइरहेका छन्‌।

शुरूवाती चरणमा प्रभावकारी देखिएको लकडाउन समयक्रमसँगै फितलो बन्दै गएको छ। बाटोमा बसेर गफ गर्ने, पत्रिका पढ्ने, विभिन्न वहाना बनाई घुमघाम गर्ने र सुरक्षाकर्मीलाई नै अटेर गर्ने दृश्यहरु देखिएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.